विशाल ग्रुपलाई विद्युत व्यापार कम्पनी खोल्न दिन लागेपछि प्राधिकरणका युनियनहरू आक्रोसित

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले प्राधिकरण धरासायी बनाउने उद्देश्यअनुसार यसको व्यापार व्यवसायिक घराना विशाल ग्रुपको लगानी रहेको कम्पनीलाई दिन लागिएकोमा विरोध जनाएका छन् । 

उनीहरूले आफूहरूसँगको सहमतिबिना प्राधिकरणको व्यापार निजी कम्पनीलाई दिइए कठोर कदम चाल्न बाध्य हुने पनि चेतावनी दिएका छन् । प्राधिकरणमा नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कर्मचारी संगठनहरूले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै सुनियोजितरुपमा विवादास्पद व्यापारीहरूलाई पोस्न प्राधिकरणको व्यापार दिन लागिएको आरोप लगाएका छन् । 

Advertisement

युनियनहरूले प्राधिकरणको आफ्नै नेपाल विद्युत व्यापार कम्पनी हुँदाहुँर्दै विशाल ग्रुपको लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अगुवाईमा अर्को व्यापार कम्पनी स्थापना गर्ने उर्जा मन्त्रालयले तयारी गरेको भन्दै यसले प्राधिकरण मात्रै नभएर मुलुकको समग्र उर्जा क्षेत्रलाई अनिश्चिततातर्फ धकेल्ने बताएका छन् । 

विशाल ग्रुपसँग प्रधानमन्त्री केपी ओलीको निकै सुमधुर सम्वन्ध रहेको देखिन्छ । छुट्टै विद्युत् व्यापार कम्पनी गठननिम्ति ऊर्जा मन्त्रालयले ‘प्रक्रिया सुरु’ गरी अर्थ मन्त्रलयमा सहमतिका लागि पठाएको समाचार छ । मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपछि यस्तो कम्पनी गठन हुनेछ । 

नयाँ उर्जा व्यापार कम्पनीमा प्राधिकरणलाई १० प्रतिशत शेयर दिने भनिएको छ । यसअघि गठन गरिएको व्यापार कम्पनीमा प्राधिकरणको  ५१ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनी र प्रसारण तथा ग्रीड कम्पनीको १७.१७ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको १५ प्रतिशत शेयर छ ।

पूर्ण सरकारी स्वामित्वको यो कम्पनी क्रियाशील हुन नसकेको बेला विशाल ग्रुपलाई नयाँ उर्जा व्यापार कम्पनी खोल्न दिन लागिएको हो । युनियनहरूले यसरी खोल्न लागिएको कम्पनीका गतिविधिमा सामेल नहुन पनि आफ्नो व्यवस्थापनको ध्यानाकर्षण गराएको छ । 

Advertisement

Advertisement