अर्थतन्त्र महामारीबाट पुनः शिथिल, भी आकारको सुधारको गति अब कस्तो होला ?

Advertisement

काठमाडौं । सुधार हुँदै गएको अर्थतन्त्रमा कोरोना महामारीको दोस्रो लहरले पुनः शिथिलता ल्याइदिएको छ । महामारीबाट उत्पन्न आर्थिक संकटको वावजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको सरकारको भनाइ छ ।

वित्तीय क्षेत्र सबल रहेको र पुनर्निर्माणमा भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा भी आकारको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

Advertisement

नयाँ वर्ष २०७८ को शुरुवातसँगै फैलिएको कोभिड—१९ को दोस्रो लहरलेक्रमशः गतिशील बन्दै गएको अर्थतन्त्रमा पुनः चुनौति र जोखिम बढाइदिएको सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा कोभिड—१९ महामारीको प्रभाव क्रमशः कम हुँदै गएकोले वैदेशिक व्यापारमा भने सामान्य वृद्धि भएको उल्लेख छ । चालू आर्थिक वर्षको फागुनसम्म कुलवस्तु पैठारी २.१ प्रतिशतले बृद्धि भएर नौ खर्ब खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ।

यस अवधिमा चामल, भटमासको कच्चा तेल, एमएस बिलेट, यातकासाधन तथापाट पुर्जा र सञ्चारका उपकरण तथा पाटपुर्जा लगायतका वस्तुको पैठारी बढेको छ  । पेट्रोलियम पदार्थ, हवाईजहाजकापाट पुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, भिडियो, टेलिभिजन तथा पाट पुर्जालगायत कावस्तुको पैठारी घटेकोछ। 

चालु आर्थिक वर्षको फागुनसम्म कुलवस्तु निकास ७.८ प्रतिशतले द्धिभई ८० अर्ब ७८ करोड पुगेको छ। फागुनसम्म शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ भने चालु खाता एक खर्ब ४८ अर्ब ६८ करोडले रुपैयाँले घाटामा रहेको छ। 

कोभिडका कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यअनुरुप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ। ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम् २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम् १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।

महामारी रोकथाम, नियन्त्रण, र उपचार सम्वन्धी कार्यमा प्रयोग गरिने औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन एवम् पूर्वाधार निर्माणका लागि तीनै तहमा स्थापना गरिएको कोषमा जम्मा भएको रकम तथा विनियोजन समेत गरी २०७८ वैशाखसम्म ३४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म २३ अर्ब १६ करोड रुपियाँ खर्च भएको छ। विनियोजित एवम् सङ्कलित रकममध्ये यस अवधिसम्म १० अर्ब ९५ करोड रुपियाँ खर्च हुन बाँकी उल्लेख छ । 
 

Advertisement

Advertisement