यूईएफए युरो २०२०ः डिशहोमले सुरु गर्यो ‘मेरो मनको दोस्रो देश’ अभियान

Advertisement

काठमाडौं । नजिकिँदो युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरूलाई  लक्षित गरी डिशहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश’ सुरु गरेको छ । 

गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिशहोमले तयारी गरेको हो । डिशहोम नेपालको सबै भन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण सेवाको सञ्चालक हो । 

Advertisement

दर्शकहरूले यो फुटबल प्रतियोगिता डिशहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक सञ्जालमा मेरो मनको दोस्रो देश ट्रेन्ड गराई यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरूबीच रोमान्चकारी बनाउने कम्पनीले जनाएको छ । यस अन्तर्गत फुटबल फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको देशलाई ट्याग गर्न सक्दछन् । 

यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका धेरै समर्थक छन् ? भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर उपहार पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहार जित्न सक्नेछन् । 

यस अभियानमा सहभागीले डिशहोमको फेसबुक पेज लाइक गर्नुपर्ने र मेरो मनको दोस्रो देश ह्यासट्याग गर्दै आफ्नो समर्थनको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीचमा देश परिवर्तन गर्न नपाइने शर्त रहेको छ । प्रतियोगिताको क्वाटर फाइनलसम्मको ह्यासट्याग मात्रै लक्की ड्रमा गणना गरिने छ । 

बिजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्बर पुरस्कार जित्नेछ । बिजेताको घोषणा फेसबुकमार्फत हुनेछ । 

Advertisement

Advertisement