शुक्र ग्रहको अध्ययन गर्न नासाले दुई वटा यान पठाउने

Advertisement

काठमाडौं । शुक्र ग्रहबारे अध्ययन गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाले यो दशकको अन्त्यसम्ममा दुई वटा अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । 

पृथ्वीमा जीवनको अस्थित्व रहेकोमा यसको नजिक रहेको शुक्र किन आगोको गोलाको रुपमा किन रहेको छ ? भनेर अध्ययन गर्न नासाले यसको अध्ययन गर्न लागेको हो । प्रत्येश मिशनलाई ५० करोड अमेरिकी डलर खर्चिएर पठाउन लागिएको यी यानले शुक्र ग्रहमा यसअघि समुन्द्र थियो थिएन ? अहिले ज्वालामुखी र  भूकम्प जान्छ जाँदैन ? जस्ता कुराहरूको अध्ययन गर्नेछ । 

Advertisement

नासाले करिव ३० बर्षपछि फेरि थप दुई यान पठाएर शुक्रको गहन अध्ययन गर्न लागेको हो । शुक्रको सतह पाँच सय डिग्री सेल्सिेस तातो रहेको बताइन्छ । शुक्र सूर्यबाट नजिकको दोस्रो ग्रह हो । 

Advertisement

Advertisement