हिमचितुवा  ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

Advertisement

काठमाडौँ । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।  आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा  आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङ्मा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका  अनुभवी खेलाडी हुन् ।  

आज सामाजिक सञ्चालमा के वान क्लवले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय घिमिरे र वाजिमा बीचमा  भिडन्त हुने जनाएको छ ।  ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले गत चैतमा जापानको टोकियो शहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१ ’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उहाँले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गर्नुभएको थियो ।  यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।  

Advertisement

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि  पिताकै विशेष प्रशिक्षणमा तयारी थाल्नुभएको जनाइएको छ  । उनले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक तयारी शुरुआत भएको  जनाएका छन् । प्रशिक्षक  देवले  पनि सामाजिक सञ्जालमा भनेका छन्, “ युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । ” के वान बक्सिङ प्रतियोगितामा  विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने  अग्रीम टिकट लिनुपर्छ । 

सानो उमेरमा उँचो सफलता 
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले  प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उहाँले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित भएका थिए । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् । 

पछिल्लो समय उनले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । केवानका बक्सिङ् प्रतियोगितालाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अविरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।  

उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले जानकारी दिए । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । उ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ । ” उनले भने । रासस

Advertisement

Advertisement