पुश्पाको बाहुबलीकै जस्तै प्रचार, दुई भागमा रिलिज गरिने

Advertisement

काठमाडौं । रिलिज हुनुअघि निकै प्रचार गरिएको इण्डियन साउथ फिल्म पुश्पा दुई भागमा रिलिज गरिने भएको छ । निर्माणकै क्रममा कथावस्तु लामो भएपछि यसलाई दुई भागमा रिलिज गर्न लागिएको हो । 

बाहुबलीले जस्तै चर्चा पाउन लागेको पुश्पामा स्टाइलिस हिरो अल्लूु अर्जुनले मुख्य अभिनय रहेको छ । कोरोनाका कारण रिलिज गर्न ढिलाई भइरहेको सन्दर्भमा यसलाई अब दुई पार्टमा रिलिज गर्न लागिएको छ । यसअघि बाहुबलीलाई पनि दुई भागमा रिलिज गरिएको थियो । 

Advertisement

कथावस्तु र स्टार कास्ट दुवैमा निकै चर्चा भइरहेको पुश्पा टिजरले नै निकै चर्चा कमाएको छ । टिजरकै कारण पुश्पा सुपरहिट हुने धेरैको अनुमानसमेत रहेको छ । फिल्म निर्माण कम्पनीले दोस्रो पाटका लागि पनि छायाङ्कनको काम सम्पन्न भइसकेको जानकारी दिएको छ ।  

इण्डियन मिडियाहरूका अनुसार पुश्पा दुई भागमा रिलिज गर्ने तयारीसँगै अल्लुको पारिश्रमिक ३० करोड भारुबाट बढाएर ६० करोड पुर्याइएको छ । हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालममा रिलिज हुने यो फिल्ममा रश्मिका मन्दाना, फहाद फासिलले अभिनय गरेका छन् । पुश्पाको बजेट तीन सय करोड भारु पुगेको छ भने अझै बढ्नसक्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement