क्वारेन्टिन होटल थपिएर ९६ पुग्यो, दैनिक तीनदेखि १४ हजारसम्म शुल्क लाग्ने

Advertisement

काठमाडौं । सरकारले क्वारेन्टिन स्थालको रूपमा प्रयोग हुने होटलको संख्या थप गरेर ९६ वटा पुर्याएको छ । १९ जेठमा ७८ वटा मात्रै होटलको सूची सार्वजनिक गरेको भएपनि व्यवसायीको दबाबमा भोलिपल्टै थप १८ वटा होटल थप गरेको पर्यटन विभागले सार्वजनिक गरेको क्वारेन्टिन स्थलका रूपमा प्रयोग हुने होटलको सूचीमा उल्लेख छ ।

यस अघि सरकारले भारतबाट आउने हवाई यात्रुका लागि आठ वटा होटल तोेकेको थियो । ती होटलसहित अब क्वारेन्टिन स्थालका रूपमा प्रयोग हुने होटलको संख्या ९६ पुगेको हो । यस्ता होटलमा पर्यटक स्तरदेखि पाँचतारे र लक्जरी रिसोर्टसम्म छन् ।

Advertisement

क्वारेन्टिन स्थलका रूपमा प्रयोग हुने यस्ता होटलमा २३ वैशाखपछि भारतीय आउन तय भएको ८ वटा होटलबाहेक पाँचतारे आठ, चारतारे तीन, तीनतारे आठ, दुईतारे दुई, एकतारे चार, पर्यटक स्तरका ६० र रिसोर्ट तीन वटा रहेको पर्यटन विभागले जानकारी दिएको छ ।

पाहुनाको सोधपुछ आउन थाल्यो
सरकारले बाहिरबाट आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुका लागि २० जेठ पछि नियमित उडान सिमित गन्तव्यबाट खुला गरेसँगै क्वारेन्टिन स्थल तोकिएका होटलमा इक्वाइरी (सोधपुछ) आउन थालेको छ । सरकारले हाल टर्कीबाट एक,  कतार र भारतबाट आउने यात्रुलाई सातामा दुई/दुई वटा नियमित उडान खुला गरेसँगै सरकारले सूचीकृत गरेका क्वारेन्टिन स्थल तोकेका होटलमा पाहुनाको इन्वाइरी सुरु भएको छ । 

सरकारले खाडी मुलुकबाट आउने नेपालीलाई पाँच दिन र अन्यबाट आउने हवाई यात्रुलाई १० दिनको होटल क्वारेन्टिन अनिवार्य गरेको छ । बाहिरबाट आउने विदेशी, नेपाली कामदार, विद्यार्थी, अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारी तथा कुटनीतिक नियोगबाट आउनेबाट इन्वाइरी आउन थालेको सम्बन्धित होटलले बताएका छन् ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएका कारण सरकाले १६ वैशाख २०७७ देखि उपत्याकासहित देशव्यापी रुपमा गराएको निषेधाज्ञालै अधिकांघ क्षेत्र ठप्प छ । अन्तर्राष्ट्रिय उडान पनि एक महिनादेखि बन्द रहेको र अझै नियामित उडान खुला नभएका कारण होटल क्षेत्र ठप्प प्रायः छन् ।

विदेशबाट आउनेलाई सरकारले तोकेका होटलमा विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुलाई राख्न पर्यटकस्तरदेखि पाँचतारे र डिलक्स रिसोर्टसम्मका होटल सूचीकृत गरेको छ । पर्यटन विभागले ९६ वटा होटलको सूची सार्वजनिक गर्दै क्वारेन्टिनस्थलको रूपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्डसमेत तय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको यस्ता होटल अब २० जेठदेखि नियमित उडानबाट आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुलाई राख्न प्रयोग हुने उल्लेख गरेको छ ।

यस अघि भारतबाट आउने यात्रुलाई राख्न तय भएको ८ वटा होटलसहित थप ७० वटा होटल क्वारेन्टिनका लागि सूचीकृत भएको पर्यटन विभागले पुनः १८ वटा थप गरेर ९६ होटलको सूची सार्वजनिक गरेको छ । सरकारले ठमेल क्षेत्रका होटललाईसमेटेर थप होटलको सूची सार्वजनिक गरेको हो । यस्ता होटलमा न्यूनतम २० कोठाका पर्यटक स्तरका होटलदेखि पाँचतारे र लक्जरी रिसोर्टसम्म रहेका छन् । 

क्वारेन्टिन होटलको शुल्क दैनिक तीनदेखि १४ हजारसम्म
सरकारले क्वारेन्टिन होटलका रूपमा सूचिकृत यस्ता होटलमा पर्यटक स्तरकाले दैनिक तीन हजार र सो भन्दा माथिकाले आफैं शुल्क तोक्ने व्यवस्था सरकारले गरेको छ । तारे होटलमा बस्न चाहने विदेशी तथा नेपाली आफ्नो क्षमता अनुसारको होटल रोज्न पाउने गरी होटल मात्रै सूचिकृत गरेको पर्यटन विभागको भनाइ छ यस्ता होटलमा दैनिक तीन देखि १४ हजार सम्म क्वारेन्टिन बसाइँको लागि शुल्क लाग्ने सम्बन्धित होटलले जानकारी दिएका छन् ।

पाँचतारे होटल सोल्टीले क्वारेन्टिनका लागि दैनिक १० देखि १४ हजारसम्म लिने व्यवस्था गरेको छ । थानकोटमा रहेको चन्द्रागिरि हिल्सले भने दैनिक १० हजार ६ सय रुपियाँमा नै नेपालीलाई क्वारेन्टिनमा राख्ने भएको होटलका प्रवन्धक श्याम तण्डुकारले जानकारी दिए ।

उनका अनुसार होटल भर्खरै क्वारेन्टिनका लागि सूचिकृत भएकोले इन्वाइरी भने आइसकेको छैन्, तर होटलले सेवा दिन तयारी अवस्थामा भने रहिसकेको उनले कर्पोरेटनेपाललाई जानकारी दिए ।  पाँचतारे होटल म्यारिओटले भने पुराना ग्राहक र नयाँ दुबै आइरहेकोले आपसी सहमतिमा नै होटलले शुल्क लिनेगरेको बताएको छ । यस्तो शुल्क नियमित आउने ग्राहक र नयाँबाट लिने भने फरक हुने पनि उल्लेख गर्दै एफोर्टेवल प्राइसमा नै सेवा दिएको बताएको छ ।

लक्जरी रिसोर्टको रूपमा सूचीकृत भएको गोकर्ण फरेस्ट रिसोर्टमा पनि पाहुनाको इन्वाइरी आउन थालेको होटलका डाइरेक्टर अफ रुम रोजिन सापकोटा बताउँछन् । उनले भने, ‘होटलमा १५ जनोको निजी ग्रुप एक सातादेखि बसेको बाहेक खाली छ ।’ होटल खाली भएको वेला सञ्चालन खर्च मात्रै थान्ने गरि शुल्क लिने र क्वारेन्टिनका रुपमा सेवा दिन आफूहरु तयार भएको बताए । यो होटलले प्रतिव्यक्ति दैनिक १३ हजार रुपियाँमा क्वारेन्टिनमा राख्ने सुविधा दिएको छ ।

चारतारे होटल होटल हिमालयनका कार्यकारी प्रवन्धक रवीन्द्र तण्डुकार पनि होटल खाली राख्नुभन्दा नाफा नभएपनि सञ्चालन खर्च मात्रै धान्न गरी सेवा दिन क्वारेन्टिनका लागि पाहुना राख्न लागिएको बताउँछन् । उनका अनुसार पाहुनाको सोधपुछ गर्न थालेको हुँदा अब नियमित उडान बढ्दै जाँदा पाहुन आउने अपेक्षा पनि बढेको छ । यो होटलले दैनिक प्रतिव्यक्ति आठ हजार रुपियाँमा सेवा दिने भएको छ ।

क्वारेन्टिनका लागि पाँचतारेसम्मका ७८ होटल सूचीकृत, शुल्क तोक्ने जिम्मा सम्बन्धित होटललाई

क्वारेन्टिन होटलको सूची

Advertisement

Advertisement