हवाई इन्धनमा वायुसेवा निगमको मात्रै डेढ अर्ब जोगिने, घाटापूर्ति गर्न सहयोगी हुने

Advertisement

काठमाडौं । नेपाल आयल निगमको आइतबारको हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने र महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले सबैभन्दा ठूलो लाभ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई हुने भएको छ । वायुसेवा निगमले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक चार अर्ब ५० करोड रुपियाँको तेल खरिद गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा आयल निगमले प्रति किलोलिटर १७८ अमेरिकी डलरले मूल्य घटाएपछि त्यसबाट नेपाली वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको छ । विदेशी वायुसेवाले नेपालमा अत्यावश्यक तेल मात्रै भर्ने र अधिक तेल बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गर्छन् ।

Advertisement

नेपाली वायुसेवाले खपत गर्ने तेलको अधिकांश मात्र यही भरिने हुन्छ । यसका लागि वायुसेवा निगमले किन्ने तेलमा सामान्य अवस्थामा बार्षिक साढे चार अर्ब हुँदा घटेको मूल्यले नियमलाई एक देखि डेढ अर्बसम्म जोगिने वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । उनले भनिन्, ‘आयल निगमले नाफा पनि अब १५ प्रतिशतभन्दा बढी नलिने भन्नुलाई हाम्रो तेलमा हुने खर्च पनि कम हुनु हो ।’ आयल निगमले बढी फाइदा लिंदा निगमको तेलमा हुने खर्च बढी हुने गर्थो । अहिलेकै निर्णयमा केही समय अडिग रहने हो भने निगमको घाटा कम गर्नमा पनि सहयोग हुने उल्लेख छ ।

वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका वाइडबडी र न्यारोवडीका चार वटा जहाज छन् । यी जहाजमा प्रयोग हुने इन्धनको मूल्य नेपालमा महंगो हुँदा निगम घाटामा जाने गरेको निगमले नै उल्लेख गरेको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले यस अघि पर्यटन मन्त्रालयलाई दिएको एक प्रस्तुतीकरणमा नेपाल आयल निगमले प्रदान गर्ने हवाई इन्धन संसारकै तुलनामा नेपालमा महंगो रहेको उल्लेख गरेका थिए । सो प्रस्तुतीकरणमा उनले उदाहरण दिंदै भनेका छन्, ‘हवाई इन्धनको मूल्य दिल्लीमा औषत ०.४४, दोहामा ०.३७, मुम्बइमा ०.४८ हुँदा नेपालमा भने १.२९ हुने गरेको छ ।’

वायुसेवा निगमले वार्षिक चार अर्ब ५० करोड रुपियाँको तेल आयल निगमबाट खरिद गर्ने गर्छ । यही परिणाममा दिल्लीसँग तुलना गर्दाे हो भने आयल निगमले करिब बार्षिक २ अर्ब २० करोड रुपियाँ भन्दा बढी रकम वायुसेवा निगमबाट मात्रै लिने गरेको छ । निगमका अनुसार निगमले नाफा गर्न नसक्नु र घाटा बढाउनमा इन्धन नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

आयल निगमले कोरोना महामारी अवधिभर अन्तर्राष्ट्रिय हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढी नाफा नलिने गरि इन्धनेको मूल्य समायोजन गरेको छ । नेपाली वायुसेवाले भने यस्तो निर्णय सधैंलाई हुनुपर्ने माग गरेका छन् । निगमको यो नीतिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई राहत मिलेको छ ।

आयल निगमले हाल लिदैँ आएको ८९३ प्रति किलो लिटरमा १७८ अमेरिकी डलरले घटाएर आजबाट ७१५ प्रति किलोलिटर अमेरिकी डलर कायम गरिएको उल्लेख छ । निगमले कोभिड महामारीको अवधिभर हवाई इन्धनमा १५ प्रतिशत भन्दा बढी नाफा नलिने गरी मूल्य निर्धारण गर्ने नीति पनि पारित गरेको हो ।

हाल निगमले  अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनबाट ४० प्रतिशत नाफा लिदैँ आएको छ । यस्तो नाफा यस अघि ७० प्रतिशतसम्म लिने गरेको थियो । निगले अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढी नाफा लिएर एलपी ग्यासको नाक्सानीलाई परिपूर्ति गर्ने गरेको उल्लेख गरेको छ ।

निगमले हवाई इन्धनबाट कोरोना महामारीको एक वर्षमा अन्तर्राष्ट्रिय हवाई इन्धनबाटै पाक्षिक रूपमा एक अर्ब ५० करोड रुपियाँ नाफा हुने गरेको थियो । यस्तो नाफा एलपी ग्यासमा सहुलियत दिन प्रयोग हुँदै आएको आयल निगमको भनाइ छ ।

आयल निगमले इन्धनको मूल्य घटाएपछि वायुसेवा निगमले पनि चार्टर उडानको हवाई भाडा घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा हुने चार्टर उडानको भाडा २४ जेठदेखि नै लागू हुने गरी घटाएको हो । निगमले नियमित उडानहरु सुचारु भएछि निगमका अन्य गन्तव्यहरुको भाडामासमेत समायोजन गर्ने भएको छ । निगमका अनुसार वाइडवडीको चार्टर उडान भाडा २०६० र न्यारोबडीको ११३० डलरले घटेको छ ।

यो भाडादर वाइडबडीको १५ हजार ५२० र न्यारोबडकिो ७७१० अमेरिकीडलरबाट क्रमशः १३ र १५ प्रतिशले घटाएको निगमले जानकारी दिएको छ । घटेको चार्टर भाडाको दर अब वाइडबडीको प्रतिघण्टा १३ हजार ४६० र न्यारोबडीको ६ हजार ५८० हुने पनि वायुसेवा निगमले जानकारी दिएको छ ।

अरुपनि,

वायुसेवा घाटाको कारण नै महंगो हवाई इन्धन, निगमको मात्रै तेलमा वार्षिक साढे चार अर्ब खर्च

वायुसेवा निगमको चार्टर भाडा २०६० डलरसम्मले घट्यो, कुन जहाजमा कति ? (सूचीसहित)

महामारी अवधिभर हवाई इन्धनमा १५ प्रतिशतभन्दा बढि नाफा नलिइने, वायुसेवा कम्पनीलाई राहत

 

Advertisement

Advertisement