राशिफलः आज (जेठ २७) तपाईंको पेशा, व्यापार, व्यवसाय, सेयर बजार कस्तो रहला ?

Advertisement

आज २०७८ साल ज्येष्ठ महिनाको २७ गते बिहीबार, ज्येष्ठ कृष्ण औँसी तिथि । आज बटसावित्री व्रत । शनि जयन्ती ।

मेष 
पेशागत जीवन सकारात्मक रहने छ । तर सुख सुविधाको भने अभाव हुन जाने छ । बोलीमा स्थिरताको अभाव हुने छ । यसले गर्दा अन्योलग्रत व्यक्तित्वका रुपमा अरुले चित्रण गर्ने छन् । परिवारका सदस्यहरुमा विवाद चर्किन पुगने भएकाले यसबारेमा संयमित रहनु होला । सेना, प्रहरी, घर घडेरी, सुरक्षा फौज, सेक्युरिटी सेवा, होटल रेष्टुरेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार भने अनुकुल रहने छ । 

Advertisement

वृष
आत्माविश्वासी व्यक्तित्व हुने छ । पराक्रमी र मेहनतपनामा ब्यापक गिरावट आउँदा कामहरु गर्नमा जाँगर चल्ने छैन । भाग्य बलियो रहेकाले साह्रै नकारात्मक हुने अवस्थाबाट भने जोगाउने छ । दृढ ब्यक्तित्व बन्ने भए पनि मनमा भने दुविधाले सताउने छ । रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । हल्का अन्योल खाले ब्यक्तित्व बन्ने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा अबरोधहरु आउने छन् । शेयर बजार सकारात्मक रहने छ । 

मिथुन 
संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । मनमा दुविधाले सताउने छ । आफ्नो बुद्धि र विवेकले काम गर्न नसक्दा गरिएका काममा अपजस आइलाग्ने छ । आम्दानीमा भने बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा त्यसले गुणत्मक नतिजा दिने छ । अध्ययन अध्यापनमा तिब्रता आउने छ । कल कारखाना, उद्योग, फलामजन्य व्यावसाय, भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार पनि अनुकुल देखिँदैन् । 

कर्कट
शारीरिक कमजोरीपना देखिने छ । मनोबल कमजोर हुने छ भने यसले गर्दा ब्यक्तित्वमा गिरावट आउने र कुनै पनि निर्णय गर्नका लागि आँटिलोपनाको अभाव हुने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुन खोज्ने व्यक्तित्व हुने भएता पनि त्यसप्रति बेला बेला आशंकाले लक्ष्यप्रतिको तिब्रतामा कमि ल्याई दिने छ । अध्ययनमा अवरोध देखा पर्ने छ । सुरक्षा निकाय, सेना, प्रहरी, सेक्युरिटी गार्ड, ठेक्कापट्टा, प्रशासन क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार भने सकारात्मक रहने छ । 

सिंह
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेको छ । साभेदारीमा गरिएका काममा गम्भीर बादविवादहरु देखा पर्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । कमाईमा देखा पर्ने थोरै बृद्धिले केही राहत पनि प्रदान गर्ने छ । दाम्पत्य जीवनमा अस्वाभावि करुपमा कटुता उत्पन्न हुन पुग्ने भएकाले संयमित रहनु होला । खर्चको मात्रा अस्वाभाविक बढ्न जाने छ, अस्पतालजन्य खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । शारीरिक थकान धेरै हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला । शेयर बजार भने सकात्मक रहेको छ । 

कन्या
पैतृक सम्पत्तिको उपयोगले सुख सन्तोषको अवस्था आउने छ । आम्दानीमा पनि केही बृद्धि हुने भएकाले वित्तिय अवस्थामा सवलता थपिने छ । दाम्पत्य जीवनमा भने द्वन्द देखा पर्ने छ । साझेदारीमा गरिएका काममा झगडाको अवस्था आउने छ । अध्ययन अध्यापनमा सकारात्मक प्रगति हुने छ । औषधी आपूर्ति, मेडिकल पसल, आयात निर्यातको क्षेत्र, राजनीति, व्यवस्थापन जस्ता क्षेत्रमा संलग्नलाई अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक देखिएको छ । 

तुला
समय प्रतिकुल रहेकाले धैर्य भएर चल्नु होला । पेशागत जीवनमा गम्भीर खाले समस्या देखा पर्ने भएकाले कार्यालय तथा पेशा व्यवसायमा संयमित भएर चल्नु होला । हडबडमा निर्णय लिने भन्दा समय लिएर निर्णय लिने गर्दा फाइदा मिल्ने छ । मनमा दुविधा आउने छ । उदासिनता बढ्ने भएकाले आत्मबलको कमि हुने जाने छ । यसले गर्दा अन्योलग्रस्त व्यक्ति भनि अरुले चित्रित गर्ने छन् । बाउन्सर, होटल, रेष्टुरेण्ट, डान्स बार, सुरक्षा निकाय, खेलाडी, कुक आदी जस्ता पेशामा रहेकाहरुले प्रतिकुलता रहेको छ । शेयर बजारमा धेरै उत्साही हुने समय छैन् । 

वृश्चिक
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ, प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा अझ प्रगति हुने छ । मनमा नकारात्मक भावनाले गाँज्ने छ । आफ्नो र जीवन  जगतप्रति सकारात्मक भन्दा नकारात्मक दृष्टिकोण बढ्न पुग्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । कमजोर मनोबल भएको व्यक्तत्व बन्ने छ । शत्रुले हेप्ने छन् । व्यवस्थापन, वाणिज्य, बैंकिङ्ग क्षेत्र, पत्रकारिता, राजनीति आदीमा संलग्नहरुलाई सकारात्मक हुने छ । शेयर क्षेत्र औसत अवस्थाबाट गुज्रने छ । 

धनु 
हिनताबोधले सताउने छ । आफुलाई निकै कमजोर पात्र भएको अनुभुति मनमा भइरहने छ । भविष्य प्रतिको अस्वाभाविक चिन्ताले सताउने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा केही राहत मिल्ने छ । परिवारको पूर्ण साथ रहँदा आड भरोसा हुन जाने छ । बोलीमा कडापना देखा पर्ने भएकाले ध्यान दिनु होला । डाक्टर,सर्जन, अर्थाेपेडिक, सुरक्षा निकाय आदीमा सहभागिहरुलाई समय संयमित रहनु पर्ने खालको छ । शेयर बजारमा सकारात्मक रहने छैन् । 

मकर 
समय अलि संयमित नै रहनु पर्ने देखिन्छ । दृढ ब्यक्तित्व हुने छ । रिसको मात्रामा पनि उस्तै उच्च हुने भएकाले यस विषयमा संयमित नभए आफैलाई नोक्सानी पु¥याउने छ । दाम्पत्य जीवनमा भने समस्या निम्तिने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । समकक्षी तथा आफ्नो मातहतमा रहेका कर्मचारी वा मानिसहरुबाट साथ पाइने छ । आम्दानीमा गिरावट आउँदा पारीवारिक जीवनको आर्थिक व्यवस्थापनमा दबाब उत्पन्न हुन जाने छ । शेयर बजार अनुकुल रहने छ । 

कुम्भ 

सामाजिक सेवामा सक्रिय हुन मन लाग्ने छ । बौद्धिक व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामले फाइदा दिने छ । सहयोगी स्वाभाव हुने छ । पेशागत जीवन औसत रहेता पनि आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । परिवारका सदस्यहरुले पूर्ण रुपमा साथ दिने छन् । रोग ब्याधिसँग लड्ने क्षमता अर्थात रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने छ । शारीरिक अभ्यास नियमित गर्नु होला । शेयर बजार सकारात्मक रहने छ । 

मीन
भाग्यको साथ नरहेकाले परिवारका सदस्यहरु तपाईप्रति सशंकित हुने भएकाले यसबारेमा निकै विचार गर्नु होला । पढाईमा पटक्कै मन जाने छैन । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु आउँदा मान मर्दन सहनु पर्ने छ । सन्तानका गतिविधिबाट अपजस आइ लाग्ने छ । संयमित रहनु पर्ने समय छ । विद्यालय, कलेज, अध्यापन, शिक्षण, स्टेशनरी, शिक्षा क्षेत्र, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर बजार पनि अनुकुल रहने छैन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement