काठमाडौँ । विहीबार सुनको मूल्य घटेको छ भने चाँदीको भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।
हिजो बुधबार भने सुनको मूल्य प्रतितोला १ सय रुपियाँ बढेको थियो भने भने चाँदीको प्रतितोला ५ रुपियाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँ कायम गरिएको छ ।
हिजोका लागि भने छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपियाँ कायम गरिएको थियो ।
यसैगरी मंगलबार सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको थियो । साताको पहिलो दिन आइतबार पनि सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको थियो । सोमबार भने सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको थिथो ।