एकै पटक १० बच्चाको जन्म

Advertisement

काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिला टेबोहो सोतेत्सीले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । यस समाचारलाई विश्वभरका समाचार संस्थाहरूले प्रकाशन तथा प्रसारण गरेका छन् । 

एकै पटक यतिधेरै बच्चा जन्मिएको रेकर्ड यसअघि आएको थिएन् । यसअघि मालीमा एक महिलाले नौ वटा बच्चा जन्माएको समाचार आएको थियो । जन्मिएका बच्चामा सात छोरा र तीन छोरी छन् । उनीहरू सोमबार राती जन्मिएका हुन् । 

Advertisement

सोतेत्सीले १० बच्चा जन्मिएको आफूलाई पनि आश्चर्य लागेको बताएकी छन् । उनका पति गोसियामे थमारा सिथोलेले परीक्षणका क्रममा आठ वटा मात्रै बच्चा देखिएकोमा १० वटा जन्मिदा आफू छक्क परेको सञ्चार माध्यमहरूलाई बताएका छन् । 

ती महिलाले यसअघि पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए । अहिले जन्मिएका बच्चासहित उनको कुल बच्चा १२ पुगेको छ । शल्यक्रिया गरेर जन्माइएका बच्चाहरू सबै स्वस्थ रहेको जनाइएको छ ।

Advertisement

Advertisement