भारतीय सेनाले नेपाली सेनालाई दियो स्वास्थ्य उपकरण

Advertisement

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य उपकरण दिएको छ । भारतीय सेनाले २८ करोड आठ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । 

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई ती सामग्री हस्तान्तरण गरे । 

Advertisement

यस्ता सामग्रीमा भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू बेड, पीपीई किट, पिसिआर परीक्षण किट लगायत छन् । गत बर्ष पनि भारतीय सेनाले कोभिड महामारी विरुद्ध लड्न भन्दै सहयोग गरेको थियो । साथै, केही समयअघि भारतीय सेनाले एक लाख कोभिशिल्ड खोप पनि दिएको थियो । 

Advertisement

Advertisement