नेपाल विज्ञापन संघले साताव्यापीरुपमा ‘एड–डे’ मनाउने

Advertisement

काठमाडौं । नेपाल विज्ञापन संघले आफ्नो स्थापना दिवस ‘एड डे’लाई साताव्यापीरुपमा मनाउने भएको छ । संघले हरेक बर्ष जेठ ३० लाई ‘एड डे’को रुपमा मनाउने गरेको छ । यस पटक यो दिवस साताव्यापीरुपमा असार ७ सम्म मनाउन लागिएको संघका अध्यक्ष सोम धितालले बताए । 

यस अवधिमा ‘एड डे’को लोगो विभिन्न माध्यमबाट सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित तथा विशिष्ठ व्यक्ति, सञ्चार उद्यमी, विज्ञापन उद्यमीको नेपाली विज्ञापन उद्योग सम्बन्धी र विज्ञापनले गरेका प्रभाव सम्बन्धी भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरूमा बजाउने, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेभिनारमार्फत् स्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलव्धी र अवसर आदि बिषयमा अन्तरक्रिया गर्ने जस्ता कार्यक्रम रहेका छन् । 

Advertisement

Advertisement

Advertisement