तीन अर्बभन्दा बढि नाफा कमाउनेमा ६ बैंक, कुन बैंकले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिना अर्थात वैशाख २०७८ सम्ममा तीन अर्ब रुपियाँभन्दा बढि नाफा कमाउने बैंकको संख्या ६ वटा पुगेको छ । ६ वटा वाणिज्य बैंकको यस्तो नाफा २० अर्ब ९० करोड रुपियाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार सबैभन्दा बढि नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यो बैंकले चालू आवको १० महिनामा चार अर्ब पाँच करोड १० लाख रुपियाँ खुद नाफा कमाएको छ ।

नाफा धेरै गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकको नाफा वैशाखसम्ममा तीन अर्ब ९१ करोड ७६ लाख रुपियाँ छ । तीन अर्ब रुपियाँभन्दा बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरको सूचीमा सरकारी वाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा तीन अर्ब २७ करोड १३ लाख रुपियाँ खुँद नाफा गरेको पनि तथ्यांकले देखाएको छ ।

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १७ करोड ९८ लाख रुपियाँ नाफा गरेको छ भने प्राइम बैंकले तीन अर्ब १२ करोड १९ लाख रुपियाँ नाफा गरेको देखिन्छ । ६ वटा बैंकले तीन अर्ब रुपियाँभन्दा बढि नाफा कमाउन सफल हुँदा सोही अवधिमा दुई अर्ब रुपियाँभन्दा बढि नाफा कमाउनेमा भने सात वटा बैंक छन् । 

जसअनुसार एमएमबी बैंकले दुई अर्ब ७९ करोड चार लाख रुपियाँ, नेपाल बैंकले दुई अर्ब ३९ करोड ५६ लाख रुपियाँ, कृषि विकास बैंकले दुई अर्ब ३९ करोड २६ लाख रुपियाँ, सिद्धार्थ बैंकले दुई अर्ब ३४ करोड ९६ लाख रुपियाँ, प्रभु बैंकले दुई अर्ब २९ करोड १४ लाख रुपियाँ, मेगा बैंकले दुई अर्ब २२ करोड ३४ लाख रुपियाँ र सानिमा बैंकले दुई अर्ब चार करोड ३६ लाख रुपियाँ नाफा रहेको छ ।

एक अर्ब रुपियाँभन्दा कम नाफा कमाउने बैंकमा नेपाल एसबीआई बैंक, सिभिल बैंक र सेन्चुरी बैंक छन् । यो अवधिमा एसबीआईले ९९ करोड ५९ लाख रुपियाँ, सिभिल बैंकले ५३ करोड ३६ लाख रुपियाँ र सेन्चुरी बैंकले ४३ करोड ७० लाख रुपियाँ खुद नाफा कमाएको छ । बाँकी ११ वटा बैंकको नाफा एक अर्ब भन्दा बढि र दुई अर्ब रुपियाँभन्दा कम रहेको छ।

जसअनुसार कुमारी बैंकले एक अर्ब ९५ करोड ८६ लाख रुपियाँ, नेपाल बंगलादेशले एक अर्ब ८३ करोड ७४ लाख रुपियाँ, एभरेष्ट बैंकले एक अर्ब ७२ करोड २९ लाख रुपियाँ, माछापुच्छ्रे बैंकले एक अर्ब ४५ करोड ४३ लाख रुपियाँ, हिमालयन बैंकले एक अर्ब ४० करोड ४० लाख रुपियाँ, लक्ष्मी बैंकले एक अर्ब ३८ करोड २४ लाख रुयिाँ, स्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ३५ करोड ७५ लाख रुपियाँ, सनराइज बैंकले एक अर्ब २८ करोड ५३ लाख रुपियाँ, नेपाल क्रेडिट एण्ड कमर्शले एक अर्ब २४ करोड ६३ लाख रुपियाँ र  बैंक अफ काठमाडूले एक अर्ब १६ करोड ९३ लाख रुपियाँ खुद नाफा गरेका छन् ।

Advertisement

Advertisement