कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

Advertisement

काठमाडौँ । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहेसंगै अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् । 

Advertisement

नेपाली समय अनुसार मध्यरात तथा बिहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टिभि तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन् ।  

Advertisement

Advertisement