एनटीएलाई आइएसपीको प्रश्न– आफै मनलाग्दी लाइसेन्स बाँड्ने, आफै यस्तो भएन, उस्तो भएन भन्ने ?

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्ट अपडेट त्रुटीपूर्ण रहेको बताएका छन् । इन्टरनेटको लाइसेन्स लिएका कम्पनीको संख्याको आधारमा सोही अनुसारको एमआईएस रिर्पोट तयार हुन नसकेको भन्दै सेवा प्रदायकहरूले गुनासो गरेका हुन् ।

आईएसपीका अध्यक्ष सुधिर पराजूलीले इन्टरनेटको लाइसेन्स लिनेको संख्या धेरै भए पनि सोही अनुसारको तथ्यांक भनेको दूरसञ्चार प्राधिकरणले सार्वजनिक नगर्ने गरेको गुनासो गरे । उनले कर्पोरेट नेपालसँग भने, ‘इन्टरनेट सेवा प्रदायकमध्ये अधिकांश कम्पनीको तथ्यांक कहिल्यै पनि अपडेट भएको हुँदैन । समयमा तथ्यांक पठाउने र अनुशासनमा बस्नेका लागि भने नियामकले झन कडाई गर्न खोजेको जस्तो देखिन्छ ।’ 

Advertisement

पराजुलीले नियम मान्नेलाई पेलेको पेल्यै गर्ने प्रवृति हावी भएको भन्दै त्यस्तो गर्नु गलत भएको बताए । नियमसंगत रूपमा हिँडेका कम्पनीले नै खाली इन्टरनेटको गुणस्तर भएन, स्टेवल भएन , यो भएन, त्यो भएन भन्ने अनावश्यक भनाई खेप्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

प्राधिकरण आफै मनलाग्दी लाइसेन्स बााड्ने, आफै यो भएन, त्यो भएन भनेर काम गर्नेलाई नै पेल्ने ? भन्दै उनले पराजुलीले यस्तो प्रवृत्ति गलत रहेको बताए । यता प्राधिकरणले भने प्रक्रिया पुर्याएर आउने कुनै पनि कम्पनीले लाइसेन्स पाउनुे तर्क गर्छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अहिले इन्टरनेट सेवाका लागि लाइसेन्स लिने कम्पनीहरू १२७ छन् । त्यसरी सञ्चालनमा रहेका कम्पनीसँग प्राधिकरणले समयमा नै तथ्यांक माग्ने गरेको छ । कम्पनीले पठाएअनुसारको डाटा हामीले अपडेट गर्दै आएका छौं ।’

उनले प्रगति विवरण पठाएका कम्पनीको तथ्यांक हाल्ने गरेको र नपठाएका कम्पनीको तथ्यांक अपडेट नहुने गरेको स्वीकार गरे । समयमै सबै तथ्यांक नआउनुमा इन्टरनेट सेवा प्रदायक नै दोषी रहेको प्राधिकरणको भनाई छ । तथ्यांक उपलब्ध नगराउने कम्पनीहरूले गुनासो गर्न नसुहाउने पौडेलले बताए । 

Advertisement

Advertisement