दराजको बैंक डेज अफरमा ३ बैंक थप, अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट

Advertisement

काठमाडौँ । अनलाइन बजार दराजले माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आजदेखि बैंक डेज अफर पुनः गरेको छ । 

यस अफर मार्फत ग्राहकहरुले कार्ड प्रीपेमेन्ट गरेमा १५ प्रतिशत वा रु ५०० सम्मको छुट पाउन सक्नेछन् । 

Advertisement

यी बैंकहरुसहित दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसंग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको हो । 

दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिन सक्नेछन् ।
 

Advertisement

Advertisement