वाणिज्य बैंकहरूले जेठमा मात्रै ११ अर्ब निक्षेप बढाए, कुन बैंकको निक्षेप र कर्जा कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले जेठसम्मको व्यापार सार्वजनिक गरेका छन् ।  जेठ महिनाको अन्त्यसम्म आउदा वाणिज्य बैंकहरुले ४९ खर्ब ९१ अर्ब एक करोड रुपियाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूको निक्षेप संकलन वैशाख महिनाको भन्दा ११ अर्ब ४२ करोड रुपियाँले बढेको बैंकर्स संघले जानकारी दिएको छ । 

जेठ महिनाको अन्त्यसम्म आउदा बैंकहरूले ३६ खर्ब ५६ अर्ब १० करोड रुपियाँ कर्जा लगानी गरेका छन् । बैंकहरूको कर्जा लगानी वैशाखको भन्दा ४५ अर्ब ५९ करोड रुपियाँले बढेको हो । वैशाखमा बैंकहररूको यस्तो लगानी ३६ खर्ब १० अर्ब ५१ करोड रुपियाँ रहेको संघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

Advertisement

जेठ महिनासम्ममा सबै भन्दा धेरै कर्जा लगानी र निक्षेप संकलन गर्नेमा एनआईसी एसीया बैंक अगाडी रहेको छ । यो बैंकले यस महिनासम्म तीन खर्ब तीन अर्ब ९० करोड रुपियाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ६६ अर्ब ७५ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । 

सरकारले दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गरेको निषेधज्ञा संगै यस एनआईसी एशिया बैंकको कर्जा प्रभाह १५ करोड रुपियाँले र निक्षेप संकलन ४५ करोड रुपियाँले घटेको देखिन्छ । 

सीसीडी रेसियो चार वटा बैंकको ८३ प्रतिशत माथि
कर्जा तथा निक्षेप अनुपात (सीसीडी) रेसियो चार वटा बैंकको ८३ प्रतिशत भन्दा माथि पुगेको छ । जेठ महिनासम्मा थप कर्जा प्रवाह गर्न नसक्ने गरी सीसीडी रेसियो टाइट बनाउनेमा एनआईसी एशिया बैंक छ । यो बैंकको यस्तो सीसीडी रेसियो ८३.९७ प्रतिशत पुर्याएको छ ।

यस्तो कर्जा तथा निक्षेपको अनुपात बढी हुनेमा सानिमा बैंकको ८३.४५ प्रतिशत छ । मेगा बैंकको ८३.३१ प्रतिशत र माछापुच्छ्रे बैंकको पनि ८३.१९ प्रतिशत छ । अरु बैंकहरुको भने करिब ८२ प्रतिशत भन्दा कम यस्तो सीसीडी रेसियो अनुपात रहेको तथ्यांकमा उल्लेख छ ।

 

Advertisement

Advertisement