काँग्रेसलाई महाधिवेशन लाग्यो, सभापतिका दाबेदार बढ्दै

Advertisement

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिको दाबेदारहरू पनि बढेका छन् । भदौ १६ देखि १९ सम्म हुन लागेको सो पार्टीको १२औं महाधिवेशनका लागि वर्तमान चुनावी सरगर्मी सुरु भएको हो ।  

कोरोना महामारीको जोखिम कायमै रहेको बेला हुन लागेको काँग्रेसको महाधिवेशन सम्पन्न गर्न यो अन्तिम मौका हो । भदौमा महाधिवेशन सम्पन्न नभए सो पार्टीको वैधानिकता नै संकटमा पर्छ । पटक पटक स्थगित गरेर भदौमा गर्न लागिएको महाधिवेशनका लागि झण्डै एक दर्जन नेता सभापतिपति हुने दौडमा देखिन्छन् । 

Advertisement

वीपीको प्रजातान्त्रिक समाजवाद, राजासहितको बहुदलीय व्यवस्थाबाट पार्टी विचलित भई कम्युनिष्टहरूको पुच्छर भएको भन्दै काँग्रेस र यसका नेताहरूको चर्को आलोचना हुँदै आएको बेला आसन्न महाधिवेशनमा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था कायम राख्ने विषयमा ठूलो बहस हुने देखिएको छ । काँग्रेसभित्र ठूलो जनमतका साथै थुप्रै नेताहरू ‘कोर्ष करेक्शन’मा नगए काँग्रेस नै समाप्त हुने चिन्तामा देखिएका छन् । 

काँग्रेसमा नयाँ नेतृत्वका लागि वर्तमान सभापतिशेरबहादुर देउवा पनि लालयीत देखिएका छन् । देउवाको अलोकप्रिय निर्णय र कमजोर नेतृत्व क्षमताका कारण गएको निर्वाचनमा ठूलो पराजय भोग्नुपरेको र विपक्षी दलको रुपमा पनि सशक्त भूमिका खेल्न नसकेको आरोप खेप्दै आएका देउवा पुनः सभापति लड्न दौडधुपमा लागेका छन् । 

देउवाले शनिबार प्रदेश १ र २ का आफू निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर १४औं महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका छन्। देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गरेको बैठकमा सहभागीहरूले सुनाएका छन् । 

तर उपभापति विमलेन्द्र निधिले भने आफूले पनि पार्टी नेतृत्वका लागि आकांक्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए । कतिपय नेताहरूले भने आफ्नो समूहबाट विभाजित भएर नभई सर्वसम्मतरुपमा एक जना सभापतिको उम्मेदवार हुनुपर्ने भन्दै देउवा वा निधि जो भए पनि सर्वसम्मत उम्मेदवार हुनुपर्ने बताएका थिए । तर देउवाले भने निधि लडे पनि आफूले नछोड्ने संकेत गरेका छन् । 

यता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकाँक्षी सबैभन्दा धेरै देखिएका छन् । पौडेल आफै १३औं महाधिवेशनमा देउवासँग हार्नुपरेको बदला १४औं महाधिवेशनमा लिने योजनामा छन् । उनले आफ्नो समूहबाट धेरै आकांक्षी भए पनि सर्वसम्मत उम्मेदवार भने आफै हुने विश्वासमा छन् । 

यद्यपि सर्वसम्मतरुपमा को उम्मेदवार हुने भन्नेबारे आफ्नो समूहमा छलफल भइरहेको पौडेल समूहका नेताहरूले बताएका छन् । पौडेल समूहबाट हालका महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, रामशरण महतलगायतको नाम चर्चामा छ । अर्का नेता कृष्ण सिटौलाले पनि सभापतिका लागि उम्मेदवारी दिनसक्ने संभावना छ । यद्यपि उनले अहिलेसम्म घोषणा भने गरेका छैनन् । 

Advertisement

Advertisement