‘स्मार्ट लकडाउन’मा यसरी खुल्छन् बैंक तथा वित्तीय संस्था (जिल्ला प्रशासनको सूचनासहित)

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा एक साता स्मार्ट लकडाउन हुने भएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार ८ गतेदेखि १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । 

एक साता थप गरिएको निषेधाज्ञा निकै खुकुलो गरिएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरु सञ्चालन सञ्चालन गर्न पाइने प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । 

Advertisement

काठमाडौ जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनामा स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्नु पर्ने उल्लेख छ ।

काठमाडौंमा निषेधाज्ञा खुकुलो, निजी सवारी साधन र ट्याक्सी जोरविजोर चल्न दिइने 

Advertisement

Advertisement