कर्पाेरेट राशिफलः आज असार ८ गते तपाईंको व्यापार, व्यवसाय, लगानी कस्तो रहला ?

Advertisement

आज २०७८ साल आषाढ महिनाको ८ गते मंगलबार, ज्येष्ठ शुक्लद्वादशी तिथि ।

मेष 
सवारी साधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा दायक रहने छ । आम्दानीमा बृद्धि हुन जाने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुनाले अरुबाट काम लिन सकिने छ । मनोमलमा कमि आउने भएकाले यस विषयमा सतर्क रहनु होला । शेयर क्षेत्र औसत थोरै मात्रामा मात्र सकारात्मक बन्ने छ । 

Advertisement

वृष
व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ । चतुर व्यक्तित्व हुने छ । रिसालु स्वाभाव भने देखा पर्ने भएकाले यस विषयमा ध्यान पुर्याउनु होला । मनमा दुविधाको मात्रा बढि आउने भएकाले निर्णयहरु लिन कठिनाई हुन जाने छ । व्यवस्थापकीय क्षमता भने बृद्धि हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

मिथुन 
मेहनत र पराक्रमी स्वाभावमा बढोत्तरी हुने भएता पनि पेशागत जीवनमा भने अपेक्षाकृत कदर हुने छैन् । तर औसतमा पेशागत जीवन स्थिरता दिशातर्फ नै रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । पारीवारिक जीवनमा भने बिबादले स्थान लिने छ । शेयर बजारमा धेरै उत्साहि भई लगानीमा होमिने अवस्था देखिँदैन् । 

कर्कट
साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा संयमित रहनु होला । समय धैर्य भएर पाइला चाल्नु पर्ने प्रकारको छ । बोलीमा नरम बन्ने छ । दृढताको अभावमा निर्णय क्षमतामा भारी गिरावट आउने छ । शेयर बजार अनुकुल बन्ने छैन् । 

सिंह
आत्मबल बलियो हुने हुँदा जस्तो सुकै परिस्थितिमा पनि अघि बढ्न चाहने व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा कदर प्राप्त हुने छ भने उन्नति हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने स्वाभाव हुने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका सिँढि चढ्न पाइने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शेयर क्षेत्र पनि प्रतिफलमुलक रहने छ । 

कन्या
भाग्यको बलियो साथ रहेको छ । जसले गर्दा उन्नति प्रगतिका मार्ग प्रशस्त बन्न जाने छ । व्यक्तित्व नरम खाले हुने छ । मिलनसार स्वाभाव हुने भएकाले सबैसँग मिल्न सक्ने व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । शेयर बजार अनुकुल तर्फ अघि बढ्ने छ । 

तुला
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न पुग्दा तनाव उत्पन्न हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा उत्पन्न समस्या समाधानमा चाहिने ठाउँमा चाहिने बुद्धि आउने छैन् । शितल खालको ब्यक्ति हुने हुँदा यसले अरुको केही सद्भाव भने प्राप्त हुने छ । बोलेर खाने पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन, वाणिज्य, व्यवस्थापन आदीमा आवद्धहरुलाई समय प्रतिकुल देखिन्छ । शेयर क्षेत्र मध्यम प्रकारको रहने छ । 

वृश्चिक
होटल, रेष्टुरेण्ट, डान्सबार, सेक्युरिटी सेवा, वाउन्सर जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अझै चुनौतिपूर्ण कायम छ । समय धैर्य हुनु पर्ने खालको छ । भाग्यको साथ नभएकाले कमजोर मनोवल भएको व्यक्तित्व देखा पर्ने छ । मनमा दुविधाले सताउने हुँदा अरुलाई विश्वास गर्न सकिने छैन् । शेयर क्षेत्रले केही प्रतिफल प्रदान गर्न छ । 

धनु 
जलविद्युत, स्वीमिङ्ग पुल संचालन, पानीको आपूर्ति जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । मनले अघि बढ्न खोजे पनि शारीरिक स्वास्थ्य र मनोबलले साथ नदिँदा मनमा निराशा आउने छ । शारीरिक कमजोरीहरुले असाध्यै सताउने भएकाले योगाभ्यास र शारीरिक व्यायाममा जोड दिनु होला । शेयर क्षेत्र मध्यम रहने छ । 

मकर 
धेरै जोखिमले भरिएको र भारी लगानी गर्नु पर्ने खालको काममा हात हाल्ने विषयमा प्रवेश नगर्दा राम्रो हुने देखिन्छ । अत्याधिक चुनौतिपूर्ण कामहरुमा संलग्न हुने समय छैन् । व्यक्तित्वमा केही निखारता आउँदा आकर्षक व्यक्तित्व बन्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । शेयर क्षेत्रले प्रतिफल दिने छ । 

कुम्भ 
औद्योगिक क्षेत्र, उद्योग, कलकारखाना, श्रम क्षेत्र, विकास निर्माण, ठेक्कापट्ट जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल अवस्थाको छ । बुझाईको दायरा अर्थात बौद्धिकतामा भने वृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा आउने कमिले भएको बौद्धिक क्षमतालाई छायाँमा पारि दिने छ । शेयर क्षेत्र मध्यम प्रकृतिको रहने छ । 

मीन
धन सम्पत्ति, वित्तिय अवस्थामा नोक्सानी हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । मनमा निराश भाव देखा पर्ने भएकाले सकारात्मक दृष्टिकोणलाई बढावा दिने प्रयास गर्नु होला । चिसोबाट र पानीबाट जोगिनु होला । समय धैर्य भएर पाईला चाल्नु पर्ने खालको छ । आम्दानीमा हुने थोरै परिमाणको बृद्धिले राहत प्रदान गर्ने छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement