निषेधाज्ञापछि जेठमा मात्रै १३ हजार यात्रु र पौने २३ लाख कार्गो सेवा

Advertisement

काठमाडौं । निषेधाज्ञापछिको जेठ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ हजार हवाई यात्रुले सेवा लिएका छन् भने यो अवधिमा पौने २३ कार्गो सेवा दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जेठ महिनामा काठमाडौैंबाट विदेशीने हवाई यात्रु आठ हजार ६९ र भित्रने यात्रु २७ सय रहेको छ ।

यो अवधिमा अन्तर्राष्ट्रिय वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ५५ हजार केजी कार्गो सेवा दिएको पनि उल्लेख छ । यस्तो कार्गो सेवामा १७ लाख १३ हजार केजी भित्रिएको छ भने ४ लाख ४१ हजार केजी कार्गो बाहिरिएको छ ।

Advertisement

जेठ महिनाभरमा आन्तरिक वायुसेवाले पनि २७९३ यात्रुलाई सेवा दिएका छन् । विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानबाट विभिन्न गन्तव्यमा जाने यात्रु ८३५ जना छन भने भित्रने यात्रु १९५८ जना रहेको पनि विमानस्थल कार्यालयको तथ्यांकले देखाउँछ ।

यो अवधिमा आन्तरिक वायुसेवाबाट १ लाख २१ हजार कार्गो सेवा दिइएको छ । काठमाडौंबाट ९९ हजार केजी कार्गो बाहिरिएको छ भने २२ हजार केजी कार्गो भित्रिएको पनि विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement