हुन्डाई नयाँ वर्ष योजना असार ३१ गतेसम्म बिस्तार

Advertisement

काठमाडौँ । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ असार ३१ गते  सम्म विस्तार गरिएको छ । 

पहिले यस योजनाको अवधि १९ चैत्रदेखि १७ वैँशाख, २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञा का कारण यस योजना स्थागित भएको थियो । ग्राहकवर्गलाई मध्यनजर राखि यस योजना ८ आषाढ देखि ३१ आषाढ, २०७८ सम्म पुनः सुचारु गरिएको छ । 

Advertisement

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत रु. ७८,००० सम्मको अतिरिक्त छुट, रु. १५,००० बराबरको लोयल्टी बोनस, रु. १००,००० सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्नेछन् ।   

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड–१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Advertisement

Advertisement