नेस्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि बोर्डमा निवेदन

Advertisement

काठकाडौं । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । यस कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ दरमा आठ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि रेटिङ सम्पन्न गरिसकेको छ । यस आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी प्लस’सहित मध्यम जोखिम जनाउने रेटिङ दिएको छ ।
 
नेस्डोले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस संस्थाको केन्द्रीय कार्यालय पर्वतको कुश्मा बजारमा रहेको छ । ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त यस कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपियाँ छ ।
 
कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । 

Advertisement

Advertisement

Advertisement