टेलिकमको सेवामा बिहानैदेखि समस्या, सेवाग्राहीलाई सास्ती

Advertisement

काठमाडौं । नेपाल टेलिकमको सेवामा बिहानैदेखि समस्या आउँदा सेवाग्राहीले सास्ती भएको छ । टेलिकमको ल्याण्डलाइन र मावाइल नेटवर्क दुवैमा फोन नचल्ने तथा सम्पर्क नै नहुने समस्या आएको हो ।

कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने अवस्था आउँदा सामाजिक सञ्जालमा जिज्ञासा र कम्पनीको चर्को आलोचना भएको छ । 

Advertisement


सेवा अवरुद्ध भएको बारे सोध्न सम्पर्क गर्दा कम्पनीका अधिकारीहरू कोही पनि सम्पर्कमा आएनन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने समस्याबारेमा कम्पनीलाई जानकारी मागिसकेको बताएको छ । 

टेलिकमको इन्टरनेट सेवामा समस्या आएको अहिलेसम्म गुनासो कतै आएको छैन् । स्रोतका अनुसार ग्राहकको लोकेसन पत्ता लगाउने प्रविधिमा समस्या देखिँदा भ्वाइस सेवामा समस्या आएको हो । 

लोकेसन पहिचान गर्ने सिस्टम अपडेटमा समस्या आउँदा ग्राहकको नेटवर्क पहिचान गर्न नसक्ने हुँदा सेवा अवरुद्ध भएको जनाइएको छ । 

Advertisement

Advertisement