दुई दिन बढेको सुनचाँदीको मूल्य आज फेरि घट्यो

Advertisement

काठमाडौँ । दुई दिन लगातार बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । सोमबार प्रतितोला ४ सय र मंगलबार प्रतितोला ६ सय रुपियाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय रुपियाँ घटेको हो । त्यस्तै २ दिन ५-५ रुपियाँ प्रतितोला घटेको चाँदीको मूल्य आज पुनः प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपियाँ कायम गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपियाँ कायम गरिएको थियो । 

हिजोदेखि निषेधाज्ञा निकै खुकुलो भएपछि सुनचाँदीका पसल पनि खुले । काठमाडौँ उपत्यकामा आइतबार, मंगलबार र विहीबार सुनचाँदीका पसल खोल्न दिने जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ । 

Advertisement

Advertisement