दुई विकास बैंकले ऋणपत्र निष्काशन गर्न सेबोनबाट पाए अनुमति

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई विकास बैंकलाई २ अर्ब ७५ करोड रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिइएको हो । 

सेबोनका अनुसार ज्योतिले १ अर्ब ५० करोड रुपिायँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न जेठ २७ गते बोर्डबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने १० वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

Advertisement

बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार बैंकले १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने कुल निष्काशित इकाईमध्ये ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । 

यसैबीच मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपियाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशन गर्न मंगलवार धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडका अनुसार कुल जारी हुने १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जनाइएको छ । 

Advertisement

Advertisement