उन्नाइस दिनमै मन्त्री पद गुमाएका तामाङले प्रगति विवरण सार्वजनिक गरे

Advertisement

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १९ दिनमा मन्त्री पद गुमाएका शेरबहादुर तामाङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । 

उनले आफ्नो प्रगति विवरणमा कोरोना (कोभिड १९) विरुद्धको खोप आउने सुनिश्चितता भएको, सबै नेपालको निःशुल्क स्वास्थ्य उपचार गर्न प्रक्रिया सुरु भएको, सबै सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाई आउने सबै बिरामीको उपचार हुने सुनिश्चितताको लागि प्रक्रिया सुरु भएको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि प्रक्रिया सुरु भएको बताएका छन् । 

Advertisement

तामाङले आफ्नो प्रगति विवरणलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पतालहरूलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रक्रियाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

Advertisement

Advertisement