बीमा समितिले विकास गर्यो एकीकृत सफ्टवयर, विवरण लिन र निरीक्षण सहज हुने

Advertisement

काठमाडौं । बीमा समितिले अफसाइट र अनसाइट निरीक्षणलाई सहज हुने किसिमले एकीकृत सफ्टवयर सञ्चालनको तयारी गरेको छ । उक्त सफ्टवयर अहिले सञ्चालनको अन्तिम तयारीमा रहेको छ । 

बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने, ‘हामीले नयाँ सफ्टट्वयर हाल्न खोजेका छौं । यो एकीकृत सफ्टवयर हो । यसबाट बीमा कम्पनीहरूले आफ्ना तथ्यांकहरू इन्ट्री गर्न मिल्छ । कम्पनीले इन्ट्री गरेको तथ्यांक सिधै समितिले पाउँछ । अब बीमा समितिले कम्पनीलाई तथ्यांक पठाउ भनिरहनुपर्ने झण्झट रहँदैन । कम्पनीले सहीं समयमा तथ्यांक राख्छन् र बीमा समितिले पनि सोही समयमा पाउनसक्छ ।’

Advertisement

सम्पूर्ण अफसाइट, अनसाइटका वित्तीय विवरणहरू बीमा कम्पनीले सोही सफ्टवयरको मद्दतबाट राख्न सक्छन् । बीमा कम्पनीमा हुने गरेका मुख्य–मुख्य गतिविधि थाहा पाउन समितिले उक्त सफ्टवयर निकै उपयोगी हुने जनाएको छ । जीवन र निर्जीवन बीमासँगै पुनर्बीमा कम्पनीको पनि तथ्यांक सोही सफ्टवयरमा समावेश गर्नुपर्छ । त्यस्तै, बीमा समितिले गर्ने सुपरीवेक्षणका जानकारी पनि सफ्टवयरमै राख्नुपर्छ ।

बीमा कम्पनीहरूले आफ्ना तथ्यांकहरू मासिक, त्रैमासिक, वार्षिक तथा अर्ध वार्षिकरूपमा पठाउन सक्नेछन् । त्यस्तै आवश्यक परेको खण्डमा बीमा समितिले माग गरेको तथ्यांक कम्पनीले तत्कालै पनि राख्न मिल्ने व्यवस्था सफ्टवयरमा हुन्छ । सबै किसिमका विवरणहरू राख्न सकिने सुविधा भएकाले नै आफूहरूले यसमा जोड दिएको समितिको भनाई छ ।

यस सफ्टवयरमा एउटा बीमा कम्पनीको तथ्यांक अर्को कम्पनीमा सेयर गर्न नमिल्ने सुरक्षित र भरपर्दो रहने भन्दै समितिले तर कम्पनी र समितिले राखेका विवरण भने एकअर्काले हेर्न मिल्ने हुने जानकारी दिएको छ । बीमा समितिका प्रवक्ता पौडेलले थपे, ‘पहिले हामीले कम्पनीलाई डाटा देउ भनेर मागि रहनुपथ्र्यो । तर अब त्यो झन्झट हुँदैन । बीमा कम्पनीलाई पनि समयमा नै तथ्यांक अपडेट गर्नुपर्ने बाध्यता हुन्छ ।’

‘रिक्स बेस्ड क्यापिटल’मा जोड दिँदै समिति
अब बीमा समितिले रिक्स बेस्ड क्यापिटल (जोखिममा आधारित पूँजी)तर्फ जाने भएको छ । सोही प्रयोजनका लागि छुट्टै ड्यास बोर्डको समेत निर्माण गरिएको उसको भनाई छ । 

ड्यास बोर्डको मद्दतबाट बीमा कम्पनीका विभिन्न सूञ्चालकका अनुपात हेर्न मिल्छ । जीवन बीमा र निर्जीवन बीमाका लागि छुट्टा्छुट्टै अनुपातमा सूचकांकहरू छुट्याइन्छ । जीवन बीमा कम्पनीका लागि २० वटा र निर्जीवन बीमा कम्पनीका लागि १८ वटा सूचकांक छुट्याइएको छ । सोही अनुपातको आधारमा समितिले कम्पनीका रिर्पोटहरू पाउनसक्छ ।

समितिले सोही ड्यास बोर्डलाई आधार बनाएर विश्व बैंकसँग पनि सहकार्य अघि बढाउने योजना बनाएको छ । सफ्टवयरको नामाकरण पनि बीमाकै नामसँग मिल्दो जुल्दो राख्न सकिने समितिको भनाई छ । हालसम्म सफ्टवयरको नामाकरण भइसकेको छैन् ।

सो सफ्टवयरको लागि बीमा समितिले टेण्डर आह्वान गरेको थियो । अहिले सफ्टवटर विकास भई सञ्चालनको अन्तिम तयारी रहेको जनाइएको छ । समितिले नौ लाख रूपियाँ लागतमा नै उक्त एकीकृत सफ्टवयर विकास गरी सञ्चालन गर्न लागेको हो । 

Advertisement

Advertisement