राधी विद्युत कम्पनीको एजीएमबाट ३६.५ प्रतिशत लाभांश पारित हुँदै, हकप्रदको प्रक्रिया अघि बढाइने

Advertisement

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको आव २०७६/७७ को वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले साधारण सभाको मिति तयर गरेको हो । 

साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर(कर बाहेक) को प्रस्ताव पारित गर्ने प्रमुख कार्यकारी अधिकृत ओमबहादुर थापाले बताए । 

Advertisement

विशेष प्रस्तावका रुपमा बोनस शेयर जारी गरे पछि कायम हुने चुक्ता पूँजीको १४७.५२ प्रतिशत(१ः१.४७५२) कित्ता हकप्रद जारी गर्ने र सो सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने सीईओ थापाले बताए । 

कम्पनीको उक्त साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य असार १५ गतेदेखि २९ गतेसम्म बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको छ । बुक क्लोज हुने अघिल्लो दिन असार १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिनका लागि योग्य हुने छन् ।    
 

Advertisement

Advertisement