शेयर बजारमा फेरि पहिरो: सबै समूह राताम्मे, ८ अर्ब ३६ करोडको मात्रै कारोबार

Advertisement

काठमाडौँ । एकसातादेखि निरन्तर ओरालो लागेको शेयर बजारमा हिजो उछाल आएपनि आज पुनः पहिरो गएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ५१.६५ अंकले घटेको हो । १.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८६२.१८ अंकमा ओर्लिएको छ । हिजो भने बजार ७९.४४ अंकले बढेको थियो । 

Advertisement

नेप्सेका अनुसार आज २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपियाँ बराबरको कारोबार भएको छ । हिजो बजार बढ्दा १० अर्ब २८ करोड ६२ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 

आज सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह २८० अंकले घटेको छ । 

राधी विद्युत कम्पनी र न्यादी ग्रुप पावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राधीको शेयर मूल्य ९.७१ प्रतिशत र न्यादी ग्रुपको शेयर मूल्य ९.०९ प्रतिशतले बढेको हो । त्यसैगरी कालीका पावर कम्पनीको शेयर मूल्य आज सबैभन्दा बढी ५.६० प्रतिशतले घटेको हो । 

नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ५४ अर्ब ३० लाख ३६ हजार ६ सय ३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

नेपाल धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनी जोखिमयुक्त रहेको रिपोर्ट सार्वजनिक गरे पनि शेयर बजारमा तरङ्ग उत्पन्न भएको छ ।     
 

Advertisement

Advertisement