आन्तरिक उडान असार १७ देखि गर्न स्वीकृति, दैनिक ७५ वटासम्म हुने

Advertisement

काठमाडौं । सरकारले ७ असार (सोमबार) आन्तरिक उडान खुलाउने निर्णय गरेको भएपनि यसको तालिका स्वीकृत गर्ने र सम्बन्धित वायुसेवालाई आवश्यक समय दिनुपर्ने भन्दै अझै एक सातापछिलाई मात्रै उडान सुचारु गर्ने समय दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई आगामी १७ असार (१ जुलाई)देखि उडान गर्ने गरी तयारी गर्न परिपत्र गरेको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा हेलि एभरेष्टका सीईओ योगराज शर्मा कँडेलका अनुसार सरकारले अझै एक सातापछि मात्रै उडान गर्न आग्रह गरेको र सोही अनुसारको उडान तालिका बनाएर स्वीकृत गराउन अनुरोध गरेको छ । महामारीको समय भएको र आन्तरिक वायुसेवाले पनि तयारी गर्ने, टिकट बिक्री गर्न समय चाहिने भएको भन्दै १७ असारदेखि नै उडान गर्न सहमति जनाएको कँडेलले कर्पोरेट नेपाललाई जानकारी दिए ।

Advertisement

उनले भने ‘पर्यटन मन्त्रालयले ७ असारकै निर्णयलाई टेकेर उडान निषेधाज्ञा अगाडिको उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी तालिका बनाउनु भनेको छ ।’ सोही अनुसार आन्तरिक वायुसेवाले उडान तालिका बनाउने र हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्वीकृतिको लागि पठाउने छन् । प्राधिकरणको स्वीकृतिपछि मात्रै वायुसेवाले उडान गर्ने छन् । 

सरकारले दिएको उडान संख्या अनुसार निषेधाज्ञा अगाडि दैनिक १५० वटासम्म उडान हुने गरेकोका भएपनि अब एक सातापछिको उडानमा भने ७० देखि ७५ वटा उडान गर्ने गरी तयारी भएको छ । वायुेवाले कम्पनीले एउटा उडान र अर्को उडानको समय कम्तिमा आधा घण्टा राखेर तालिका बनाउने र सोही अनुसार उडान गर्न स्वीकृति माग्ने जानकारी पनि शर्माले दिए । सरकारले आन्तरिक उडान खुलाउदा उडान संख्याको आधा क्षमतामा मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।

थप अन्तर्राष्ट्रिय उडानको सोही दिनबाट
सरकारले भारत, टर्की र कतारबाहेकका अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खुला गर्ने निर्णय गरेको भएपनि उक्त गन्तव्यको तयारी पनि आन्तरिक उडानसँगै हुने भएको छ । अन्तर्राष्ट्रिय उडानका वायुसेवाले पनि उडान तालिका स्वीकृत गराउनुपर्ने र टिकेटका लागि यात्रुलाई समय दिनुपर्ने भएकोले आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान एकै दिनबाट सुरु हुने भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि नौ वटा वायुसेवालाई सातामा २२ वटा उडान स्वीकृति दिएको छ । यस्तो उडान असार १७ देखि नै लागू हुने गरी स्वीकृति दिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

आन्तरिक उडान खुलाउने निर्णय, १० देशले सातामा २५ अन्तर्राष्ट्रिय उडान गर्न पाउने

यस्तो छ, आन्तरिक उडानसम्बन्धित सूचना र अन्तर्राष्ट्रिय उडानको तालिका ।

Advertisement

Advertisement