महेश बस्नेतको प्रश्न– २० मन्त्री पदमुक्त हुने कुरा प्रचण्डले अघिल्लै दिन कसरी चाल पाए ?

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले २० मन्त्रीहरूलाई सर्वोच्च अदालतले पदमुक्त गर्न लागेको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसरी चाल पाए ? भन्दै प्रश्न गरेका छन् । प्राइम टिभीको एक कार्यक्रममा बोल्दै उनले यस घटनाबाट अदालत पनि सेटिङमा चल्दो रहेछ भन्ने देखिएको बताएका छन् । 

यद्यपि अदालतको मंगलबारको फैसलालाई सम्मान गर्ने बस्नेतले बताए । न्यायालय सेटिङमा चल्छ भन्ने कुरालाई माओवादी केन्द्रका प्रचण्डले अघिल्लो दिन नै २० मन्त्री पदमुक्त हुन्छन् भनेर खुलासा गर्नुले बल पुग्ने भन्दै उनले भने, ‘प्रचण्डले धादिङमा गएर जे कुरा बोल्नुभयो, मैले प्राप्त गरेको विशेष सूचनाका आधारमा २० जना मन्त्रीहरुको पद जाँदैछ भन्नुभयो, र आज त्यही फैसला आयो । र, हिजो मैले सुनेको, अदालतका विशिष्ट व्यक्तिहरु र पूर्वप्रधानन्यायाधीशहरूको बीचमा एउटा खास मिटिङ बस्यो । न्यायालयको बारेमा मैले धेरै कुरा एक्स्पोज गर्न मिल्दैन् ।”

Advertisement

बस्नेतले पूर्वप्रधानन्यायाधीशहरूको टिम बसेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राम्रै दबाब सिर्जना गरेको भन्ने आफूले सूचना पाएको बताए । उनले भने, ‘त्यही सूचनाका आधारमा प्रचण्डले हिजो विशेष खुलासा गर्नुभयो, र आज फैसला त्यही खालको आएको छ । रह्यो कुरा, प्रचण्ड कमरेडले बोलेको कुरा काग कराउनु र पिना सुक्नु एकैपटक भएको पनि हुनसक्छ, तर, समग्र प्रक्रिया र अवस्था हेर्दाखेरि अदालतभित्र जुनखालका चलखेल हुन थालेका छन्, अदालतभित्र जुन स्वतन्त्र न्यायापालिकाको मर्यादा र धर्म निर्वाह गर्ने कुरा हराउन खोज्दैछ, यसले आम जनतामा निराशा पैदा हुन्छ ।’

Advertisement

Advertisement