महालक्ष्मीले शुरु गर्यो मिस्ड कल सेवा, अब घरमै बसेर बैंकिङ सेवा पाइने

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण भर्न आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको हो । 

बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन् । 

Advertisement

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
 

Advertisement

Advertisement