कामना सेवाको १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्चचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । 

बुधबार बैंकले ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड २०८७’ नामक ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

Advertisement

बैंकले माघ २२ गतेबाट एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ निष्काशन गरेको थियो ।

नेप्सेमा सूचीकृत भएपछि बैंकको उक्त ऋणपत्र भोलिदेखि दोस्रो बजारमा कारोबार सकिने छ ।

Advertisement

Advertisement