टेलिफोन सेवामा आज समस्या आएकोमा नेपाल टेलिकमले ग्राहकहरूसँग क्षमा माग्यो

Advertisement

काठमाडौं । नेपाल टेलिकमले जीएसएस मोवाइल सेवामा बुधबार बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याप्रति ग्राहकसँग क्षमा मागेको छ । टेलिकमको भ्वाइस सेवा आज बिहान एकाएक अवरुद्ध भएकोको कारण पर्न गएको असुविधाका लागि कम्पनीले क्षमा मागेको हो । 

सेवा अवरुद्ध भएको सो जानकारी पाउना साथ समाधानकोतर्फ लागि बिहान ८ः१५ गते सिस्टमलाई सुचारू गराइएको कम्पनीको भनाई छ । प्राविधिक समस्या पत्ता लगाई त्यसको समाधान गर्दा २ घण्टा समय लागेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

उक्त अवधिमा जिएसएम मोवाइलको टूजी, थ्रीजी, फोरजी प्रविधिको डाटा तथा कम्पनीले हालै सञ्चालनमा ल्याएको भोल्ट सेवामा समस्या देखिएको थिएन । त्यस्तै, केही जीइएसएम मोबाइलका केही फिचर फोन तथा साना नन स्मार्ट फोनमा पनि समस्या नदेखिएको जनाइएको छ । तर स्मार्ट फोनमा भने भ्वाइस सेवा अवरूद्ध हुन पुगेको थियो । 

आज देखिएको समस्याका बारेमा गहन अध्ययन गर्ने भन्दै नेपाल टेलिकमले सेवा अवरोध रोक्न पूर्वतयारीमा रहे पनि समस्या आएमा न्यूनतम अवधिमा नै सेवा सुचारू गर्न टेलिकम तत्पर रहने बताएको छ । प्रविधिमा कहिलेकाही समस्या आउने सम्भावना उसको तर्क छ । 

Advertisement

Advertisement