राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठक दोहोरिए

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको  प्रशासकमा कवि प्रसाद पाठकको कार्यकाल दोहोरिएको छ । कार्यकाल दोहोरिएसँगै प्रशाकको रूपमा उनी   पुन तीन वर्ष बीमा संस्थानमा रहने छन् । 

संस्थानको ऐनले व्यवस्था गरेअनुसार नै प्रशासकको कार्य अवधि तीन वर्षको हुने व्यवस्था छ । पाठकले आफ्नो अघिल्लो कार्यकाल सकिनु अघि बीमा संस्थानमा आफूले आएर गरेको गतिविधि थाहा पाउँन लामो समय नलाग्ने बताएका थिए । उनले छोटो समयमा नै संस्थानलाई अरुले पछ्याउने अभिव्यक्ती दिएका थिए ।  

Advertisement

पाठकसँग कृषि विकास बैंकमा लामो समय काम गरेको पनि अनुभव छ । सो बैकबाट अवकाश हुन करिब एक महिना मात्रै बाँकी हुँदा पाठक बीमा संस्थानमा खुलेको विज्ञापनबाट संस्थानको यात्रामा जोडिएका हुन् ।

२०७५ साल जेठ ६ गते मन्त्रि परिषद्ले निर्णय गरे पश्चात उनले जेठ ९ गतेबाट बीमा संस्थानमा आफ्नो काम सुरु गरेका थिए । गत जेठ १० गतेबाट संस्थानको कार्यकालबाट बाहिरीएका पाठक अब फेरी तीन वर्ष बीमा संस्थानमा नै रहने छन् ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठकले कर्पोरेट नेपालसँग भने, ‘संस्थान सबलिकरण र सुधारकालागि मैले गर्न बाँकी रहेका केही योजनाहरू छन् । अब म सो योजनाहरू यस कार्यकालमा पूरा गर्नेछु ।’ 

Advertisement

Advertisement