आदर्श लघुवित्तको एजीएम असार ३१ गते, आईपीओ निष्काशनको प्रस्ताव पारित गरिने

Advertisement

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय भएको हो ।

साधारण सभाले संस्थाको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने रकमको साधारण शेयर(आईपीओ) निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्ने जनाइएको छ ।

Advertisement

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धमा आवश्यक सम्पूर्ण कार्यहरु गर्नको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।  

Advertisement

Advertisement