कोरोना संक्रमित २४२१ जना थपिंदा ३५५८ संक्रमणमुक्त, ५२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २४२१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३५५८ जना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।   

७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलृे जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।