अनलाइन कक्षाको अनुभव साट्दा पैसा पाइने,  ल्यापटपदेखि नगद उपहारसम्मको व्यवस्था

Advertisement

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले विद्यालहरू सञ्चालन हुन नसकेको समयमा अनलाइन कक्षालाई नै वैकल्पिक सिकाइको माध्यम बनाउन थालिएको छ । अनलाइन तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिएपछि पछिल्लो सयम सिकाइको नयाँ माध्यम ‘वेद सिस्टम’ पनि एक उपयुक्त माध्यम बनेको छ ।

 ६५० भन्दा बढी विद्यालयलाई प्रविधिमार्फत प्रभावकारी सञ्चालनका साथै भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा सहयोग पु¥याउँदै आएको वेदले अनलाइनबाटै गृहकार्य दिन सकिने र परीक्षा सञ्चालन गर्न सकिने प्रणालीको समेत विकास गरेको छ ।

Advertisement

उत्कृष्ट अनलाइन सिकाइ प्रविधि र त्यसमा बिक्रीपछिको सेवालाई प्राथमिकमा राख्दै आएको वेदले अब शिक्षक तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर लाखौं मूल्यका विभिन्न उपहारसमेत प्रदान गर्ने भएको छ । त्यसका लागि वेदले ‘हातहातमा शिक्षा’ नामक अभियान चलाएको छ ।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा १६ असार (बुधबार)देखि एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य पनि गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्डको भिडिओ बनाउनुपर्ने छ । भिडियोलाई फेसबुकमा शेयर गर्नुपर्नेछ । भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा एक सय रुपियाँ प्रदान गर्ने छ । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कारसमेत प्रदान गरिने वेद सिस्टमले जानकारी दिएको छ ।

सहभागि हुने तरिका
–    यो अभियानमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाको अनुभवसहितको भिडियो फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।

–     यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।

–    वेदको फेसबुक पेज https://www.facebook.com/tryveda लाइक तथा फलो गर्नुपर्नेछ ।

–    भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।

सहभागिले पाउने उपहार

–   वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।

–   फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स दिइने छ।

–   न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ दिइने छ।

–   साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

–   हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद दिइने व्यवस्थासमेत गरिएको छ ।

Advertisement

Advertisement