जनताको जीवनरक्षा र देश विकासमा लाग्नुपर्ने नेताहरू नमिलेको देख्दा बैराग लाग्छः मल्होत्रा

Advertisement

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले यस्तो विषम परिस्थितिमा पनि राजनीतिक दल र नेताहरू मिल्न नसक्दा आम जनतामा चिन्ता र निराशा बढ्दै गएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘जनता कोरोना महामारीको चपेटामा छन् । महामारीका कारण धेरैले ज्यान गुमाउनु परेको छ । उद्योग व्यवसाय चौपट छ । यस्तो बेलामा देशको राजनीति जनताको जीवन रक्षा र देशको विकासमा केन्द्रित हुनुपर्ने थियो । तर नेताहरू सत्ताको लागि झगडा गरेको देख्दा वैराग लाग्छ ।’ 

Advertisement

यस्तो विषम परिस्थितिमा सरकार फेर्ने र एकले अर्काको खुट्टा तान्नेभन्दा पनि जनताको घाउमा मलम लगाउन दल र नेताहरूले ध्यान दिनुपर्ने, तर नेपालको राजनीति कहिल्यै नसुध्रिने भयो भन्दै मल्होत्राले भने, ‘कोरोना महामारी र निषेधाज्ञाका कारण धेरै उद्योग व्यवसाय धरासायी हुन पुगेको गुनासो गरे । 

नेपाल चेम्बर अफ कमर्श, नेपाल बिजनेश इनिसियटिभ्स (एनबीआई) जस्ता संस्थाहरूमार्फत स्वास्थ्य संस्था, सुरक्षा निकायलगायतलाई राहत सामग्री तथा स्वास्थ्य उपकरणहरू सहयोग गर्न गत बर्षदेखि नै सक्रिय रहेका उनले भने, ‘धेरै उद्यमी व्यवसायी थला परेका परेका छन् । तर सरकारलाई कर कसरी धेरै उठाउने भन्ने चिन्ता छ । यस्तो प्रतिकुलतामा पनि निजी क्षेत्र कर बुझाउन, रोजगारी गुम्न नदिन, उत्पादन कायम राखेर आपूर्ति व्यवस्था सहज गर्न लागि परेको छ । तर त्यसको मूल्यांकन राज्यबाट हुन सकेको छैन् ।

Advertisement

Advertisement