आन्तरिक उडानसँगै सार्वजनिक यातायात पनि खोल्ने तयारी, तर जोरबिजोरमा सञ्चालन हुने

Advertisement

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खोल्ने तयारी गरेको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मंगलबारबाट सार्वजनिक यातायात खोल्ने तयारी गरेको हो ।  

सार्वजनिक यातायात खोले पनि जोरबिजोरमा सञ्चालन गर्न दिइने स्थानीय अधिकारीहरूको भनाई छ । कोरोना संक्रमण घट्न थालेसँगै जनजीवन सहज गर्दै लैजान सार्वजनिक यातायात खोल्न लागिएको जनाइएको छ । 

Advertisement

आन्तरिक उडान १७ गतेबाट खोल्ने निर्णय गरिसकेको सरकारले सार्वजनिक यातायात पनि खोल्न लागेको हो । सार्वजनिक यातायात सञ्चालन नहुँदा निजी सवारी साधन नहुने र न्यून आयस्तरका मानिसहरूलाई हिंडडुल गर्न निकै असहज हुँदै आएको छ । 

सार्वजनिक यातायात खोल्न लागेको सरकारले विद्यालयहरू भने खोल्ने कुनै संकेत देखाएको छैन् । विद्यालय नखुल्ला विद्यार्थीहरू बाध्य भएर अनलाइनमार्फत अध्ययन गरिरहेका छन् । 

Advertisement

Advertisement