बैंक मर्जर आवश्यकताका आधारमा हुनुपर्छ, सानोभन्दा ठूलो बैंक नै उपयुक्त
अनिल उपाध्याय, उपाध्यक्ष, नेपाल बैंकर्स एशोसिएसन

Advertisement

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी गरिरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा अवको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई मर्जरमा अनिवार्य गर्ने, पुँजी बृद्धिका लागि प्रोत्साहन गर्ने वा बाध्यकारी बनाउने विषयमा वहस चलेको छ ।

वाणिज्य बैंकहरूको संख्या २७ वटाबाट अझै घटाएउनुपर्ने तर्क पनि आइरहेको भएपनि नेपाल बैंकर्स एशोसिएसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याले भने मर्जर आवश्यकता अनुसार हुनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उपाध्यायले बैंक मर्जर नियमित प्रक्रिया भइसकेको र यसलाई आवश्यकता आधारमा हुन दिनुपर्ने बताएका हुन् ।

Advertisement

उपाध्यायका अनुसार साना बैंक धेरै हुनुभन्दा ठूलो बैंक थोरै हुनु नै उपयुक्त भएको तर्क दिएका छन् । उनले भने ‘प्रविधिमा धेरै लगानी गर्नुपर्ने अहिलेको अवस्थामा धेरैवटा बैंकको तुलनामा एउटाले मात्रै लगानी गर्दा उसले सोही अनुसारको ठूलो दायरमा लागनी विस्तार गर्न सक्छ । ठूलो लगानी गर्ने र ठूलो उद्योगमा धन्दा, व्यापार व्यवसायमा लगानी गर्न साना बैंकको तुलनामा एउटै ठूलो बैंक नै उपयुक्त हुन्छ ।’

जोखिम कम गर्न, लगानीको दायरा बढाउन, सानोको तुलनामा ठूलोले गर्न सक्ने स्वस्च्छ प्रतिस्पर्धा, लागत रकम घटाउने र प्रविधिले चलाउने हुन्छ । प्रविधिसँगै लागत कम गर्न पनि ठूला बैंक नै उपयुक्त हुने तर्क उपाध्यायको छ । ठूलो क्षेत्र ओगट्ने बैैंकको बजार प्रतिस्पर्धी हुन्छ भने समय परिस्थिति अनुसारको सेवा दिन पनि ठूलोले बढी जोखिम लिन सक्छ भन्ने हो ।

बैंकहरूले राष्ट्र बैैंकले तोेकेको सर्तको पूर्ण पालना गर्नै पर्छ । जति बैंक बलियो बनाउन खोजिन्छ उत्ति बढी सर्त र नियमको पालना पनि गर्दै जानुपर्छ । यसका लागि अवको मौद्रिक नीतिमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर बैंक तथा वित्तीय क्षेत्र सञ्चालन गर्न सहजीकरण गर्ने नीति आउनुपर्ने तर्क पनि उपाध्यायको छ ।

बैंकले गर्ने काम भनेको डिपोजिट लिने, कर्जा प्रवाह गर्ने, तरलता अनुपात कायम गर्ने, टे«ेड मेनेजमेन्ट गर्ने सहितको काम हो । तर सरकारले कोभिडपछिको अवस्थामा कति रोजगारी घट्छ, कति उत्पादन हुन्छ मौद्रिक नीति र वित्त नीतिसहितले अवलम्बन गर्ने विषयमा दीर्घकालिन योजना आएको पाइदैन् । त्यसैले अहिलेको समय भनेको प्रभावित क्षेत्रको मूल्यांकन, अध्ययन र अल्पकालिनदेखि दीर्घकालिनसम्मको योजना नै हो ।

जीडीपीको भन्दा ठूलो हिस्सा ओगटेको क्षेत्रलाई परिस्थिति अनुकुल बनाएरै चलाउँदै लैजानुपर्छ । बैंकङि सिस्टम बलियो बनाउने र संघदेखि प्रदेश स्थानीय तहसम्मको रणनीति आवश्यक हुन सक्छ । मौद्रिक नीतिले अवलम्बन गर्ने रणनीति सबै बैैंकले पालना गर्ने खालकै हुनुपर्छ भन्ने हो ।

मार्जिन ल्याण्डिङ भने डिमाण्डको आधारमा लगानी भइरहेको हुन्छ । सेयरमा गर्ने लगानी आफैंमा नराम्रो हैन् । यसले उत्पादन क्षेत्रमा कति प्रभाव पारको छ भनेर हेर्नुपर्छ । यही क्षेत्रमा गरेको लगानीबाट कसैले कमाउन सक्छन भने दिनुपर्छ । अर्थतन्त्रमा राम्रो योगदान गर्ने यो क्षेत्रबाटै वार्षिक १२ अर्बभन्दा बढीको कर सरकारलाई तिरेको अवस्थामा यसलाई कस्ने भन्दा पनि सहजीकरण गर्दै जानुपर्छ ।
 

Advertisement

Advertisement