सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीको आन्दोलन मोफसलमा पनि सुरु

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीहरूले सुरु गरेको आन्दोलन मोफसलमा पनि सुरु भएको छ । शुक्रबार इटहरीमा विभिन्न बैंकका कर्मचारीले कालो ब्यानरसहित कोषविरुद्ध धर्ना दिए । 

कोषले खाईपाई आएको सुविधा खोस्ने र सरकारी कर्मचारीभन्दा निकै विभेद हुने गरी आवद्ध हुन दबाब दिएको भन्दै बैंकका कर्मचारीले देशव्यापी आन्दोलन गरिरहेका छन् । 

Advertisement

अघिल्ला दिनहरूमा बैंकको मुख्य कार्यालयहरूमा देखिने गरेको धर्ना आज मोफसलमा देखिएको हो । उनीहरूले कोषले कित खाईपाई आएको सुविधा नघट्ने सुनिश्चितता गर्नुपर्ने नभए स्वयेच्छिक आवद्धताको व्यवस्था गर्नुपर्ने भन्दै जबरजस्ती गरिए कोषविरुद्ध कानुनी लडाईं र सडक आन्दोलन गर्ने चेतावानी दिएका छन् । 

 

Advertisement

Advertisement