मोहम्मद मुक्तदाको नेतृत्वमा एनआरएनए कतारमा नयाँ कार्यसमिति

Advertisement

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान पुनः निर्विरोध निर्वाचित भएका छन् । मुक्तदासँगै उम्मेद्वारी दिने अधिकांश निर्विरोध निर्वाचित भएका हुन् । 

अध्यक्षका अर्का प्रत्यासी चुडामणि कार्कीलगायतले उम्मेदवारी फिर्ता लिएपछि आफूसहितको टिम निर्विरोध निर्वाचित भएको मुक्तदाले बताए । उम्मेदवारी फिर्ता लिन जुन २ सम्मको समय तोकिएको थियो । एनआरएनए कतारको कार्यकारिणी समितिका अधिकांश पद निर्विरोध चयन भए पनि सहकोषाध्यक्ष र केन्द्रीय प्रतिनिधिमा भने निर्वाचन हुने भएको छ । 

Advertisement

निर्विरोध चयन हुने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक खड्का, अर्षद हुसेन मुसलमान, पूर्णबहादुर पोखरिया, रामु रेग्मी  र तेज कटुवाल छन । त्यस्तै राष्ट्रिय समन्वय समिति (एनसीसी)को अध्यक्षमा मुक्तदा, प्रथम उपाध्यक्षमा जैवी राई , द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रविन थापा मगर र दीपजंग शाह र कोषाध्यक्षमा विनोद बसौला चयन भएका छन् । 

त्यस्तै, महिला संयोजकमा नानु घले ब्लोन र सदस्यमा डेक भारती, लेखा समिति संयोजकमा सन्तोष रेग्मी, सदस्यमा टिकाराम गौतम र गणेश भट्ट, एनसीसी सदस्यमा तारानाथ बास्तोला, सेवक बिक, खडक पाफागो, नारायण ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, ओमबहादुर क्षेत्री, बिष्णुबहादुर खड्का, सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख ,दिनेश खत्री, जयप्रकाश यादव, मोहम्मद मेराजुद्दीन ,रामबाबु यादव र अगन्धर देवकोटा चयन भएका छन ।

एमाले निकट मुक्तदाको समूहलाई कतारका विभिन्न संघसंगठनले समर्थन जनाएको थियो । आगामी जुलाइ ९ मा हुने संघको नवौं महाधिवेशनमार्फत २०२१–२०२३ कार्यकालको नयाँ कार्यसमिति चयन गर्ने क्रममा एनआरएनए कतारमा नयाँ कार्यसमिति चयन भएको हो ।

Advertisement

Advertisement