आरविवि म्युचुअल फन्डमा लगानी गर्नुस्, आकर्षक प्रतिफल दिन्छौंः सीईओ प्याकुरेल

Advertisement

राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले बुधबारबाट आरविवि म्युचुअल फण्ड १ को बिक्री खुल्ला हुँदैछ । यो म्युचुअल फण्ड कस्तो योजना हो र लगानीकर्तालाई के कस्तो लाभ हुन्छ भन्ने सन्दर्भमा आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद प्याकुरेलसँग गरिएको कुराकानीको सारः 

आरविवि म्युचुअल फन्ड १ आउँदै छ । कस्तो योजना हो यो ?
हामीले निष्काशन गर्न लागेको आरविवि म्युचुयल फण्ड १ पहिलो म्युचुअल फण्ड हो । यो बन्दमूखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यो फण्डको समयावधि ७ वर्षको रहने छ ।  हामीले आगामी असार २३ गतेदेखि यसको निष्काशन तथा बिक्री खुला गर्दैछौं । जसमा लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । उक्त फण्ड निष्काशन तथा बाँडफाँड पश्चात नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ । र, त्यससँगै दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

Advertisement

आरविवि म्युचुअल फन्डमा किन लगानी गर्ने ? प्रतिफल पाउने आधार पक्कै बनाउनु भएकै होला ?
आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण र भ्यालु इन्भेष्टिङ जस्ता विभिन्न विधिबाट विश्लेषण गर्छौं । सो विश्लेषण गर्दा जुन स्टक लगानी गर्न उचित हुन्छ, जुनबाट बढी प्रतिफल आउँछ भन्ने अनुमान गछौं, त्यसमै लगानी गर्छौं । सो विश्लेषण गर्दा हामीले गत ५ वर्षको वित्तीय विवरणको तथ्यांकलाई लिन्छौं, अहिले बजार मूल्य के छ, त्यो हेर्छौं ? भ्यालु इन्भेष्टिङ गर्दा यदि अहिलेको बजार मूल्यभन्दा ५ वर्ष पछिको अनुमानित मूल्य धेरै छ भने हामीले दीर्घकालिन लगानीको रुपमा केन्दि«त हुन्र्छौं ।

आकर्षक रूपमा आएको यस्तो फण्डको लगानी चाहीं कहाँ हुन्छ भन्ने पनि लगानीकर्ताको जिज्ञासा राखेका छ नि ? 
धितोपत्र बोर्डको नियमावली र निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट संकलन भएको रकम बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचिकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने छ । बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्न सकिने छ । लगानी गर्दा नियमावलीको व्यवस्थालाई मध्यनजर गरि प्रतिफलको आधारमा एक क्षेत्रको लगानीलाई अन्य क्षेत्रको लगानीमा सार्न सकिनेछ ।

फण्ड सुपरीवेक्षक र व्यवस्थापक टीम कस्तो छ ?
हाम्रो फण्ड म्यानेजमेन्ट टीम अनुभवी र कुशल  छ । सुपरिवेक्षक टीममा पनि विभिन्न क्षेत्रको अनुभव बटुलेका विज्ञहरु हुनुहुन्छ । जसले गर्दा कुन क्षेत्र तथा कम्पनीमा बढी लगानी गर्ने, कसरी गर्ने, कुन स्टक बढी होल्ड गर्ने, भन्ने विषयमा निर्णय लिन सजिलो हुन्छ । 

म्युचुअल फण्डको समग्र बजार कस्तो पाउनुभएको छ ?
अहिले  १४ वटा मर्चेन्ट बैंकरले म्युचुअल फण्ड जारी गरेका छन् , त्यसमध्ये २४ वटा योजनाहरु बजारमा गइसकेका छन् । अहिले बजारमा जुन किसिमका फण्डहरु आइरहेका छन्, ती सबैले यो क्षेत्रमा यति लगानी गर्छौं भनेर मापदण्ड तोकेर ल्याएका हुन्छन् । तर हामी ब्यालेन्सड तरिकाले लगानी गर्छौं । इकाईधनीलाई अधिकतम् प्रतिफल प्राप्त होस् भनेर हामीले त्यहि अनुसार अनुभवी टीम खडा गरेका छौं । नियामक निकायले तोकेको लगानीको क्षेत्रको सीमाभन्दा बाहिर जाने कुरा भएन । सामुहिक लगानी कोष र धितोपत्रसँग सम्बन्धित ऐन, नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि तोकिएका क्षेत्रमा लगानी गर्नेछौं । यो बन्दमूखी योजनामा ब्यालेन्सड् हिसाबले  धितोपत्र बजारमा लगानी गर्नेछौं ।

यसमा लगानी गर्ने लगानीकर्ताले कति प्रतिफल अपेक्षा गर्न सक्छन् ?
हामीले पहिलो वर्ष १० प्रतिशत लाभांश, दोस्रो वर्षमा १३ प्रतिशत, तेस्रो वर्षमा १७ प्रतिशत र चौथो वर्षमा १९ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरका छौ । त्यस्तै पाँचौं वर्षमा २१ प्रतिशत छैठौ वर्षमा २२ प्रतिशत र सातौं तथा अन्तिम वर्षमा २५ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौ । यो लाभांशको हिसाबले लगानीमा गरिएको वार्षिक प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिशत, दोस्रो वर्षमा २१.१७ प्रतिशत, तेस्रो वर्षमा २४,३६ प्रतिशत, चौथो वर्षमा २५.२२ प्रतिशत, पाचौ वर्षमा २५.१६ प्रतिशत, छैठौ वर्षमा २४.५५ प्रतिशत र अन्तिम वर्षमा २३.२६ प्रतिशत हुने प्रक्षेपण गरेका छौ । संचित लगानीमा हुने प्रतिफल पहिलो वर्ष १६.३९ प्रतिशत, दोस्रो वर्ष ३७.५६ प्रतिशत, तेस्रो वर्ष ६१.९२ प्रतिशत, चौथो वर्ष ८७.१५ प्रतिशत, पाँचौं वर्ष ११२.३१ प्रतिशत, चौथौ वर्ष १३६.८६ प्रतिशत र सातौ तथा अन्तिम वर्षमा १६०.१२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

कस्ता लगानीकर्तालाई यो बढी उपयुक्त हुन्छ ?
म्युचुअल फण्ड सानो पुँजीलाई एकत्रित गरेर ठुलो बनाएर लगानी गर्ने हो । लगानीबाट आएका प्रतिफल लगानीकर्तालाई दिने हो । त्यस कारण म्युचुअल फण्ड सबै उमेर समुह, सबै पेशाका लगानीकर्ता, व्यक्तिगत , संस्थालाई उपयुक्त हुन्छ । 

Advertisement

Advertisement