बलिउडका पूराना लोकप्रिय कलाकार दिलिप कुमारको ९८ बर्षमा निधन

Advertisement

एजेन्सी । इण्डियाका पूराना लोकप्रिय कलाकार दिलिप कुमारको ९८ बर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईस्थित हिन्दुजा अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

स्वास प्रस्वासमा समस्या भएपछि दुई सातअघि अस्पताल भर्ना भएका दिलिपलाई प्रोस्टेट क्यान्सर थियो । क्यान्सर शरीरका धेरै अङ्गमा फैलिएका कारण मृगौलाले काम गर्न छाडेपछि उनको मृत्यु भएको इण्डियन समाचार संस्थाहरूले जनाएका छन् । 

Advertisement

दिलिप कुमारको निधनप्रति बलिउड स्टारदेखि भारतीय नेताहरूले शोक प्रकट गरेका छन् । झण्डै एक दर्जन भाषा बोल्नसक्ने उनी इण्डियाको माथिल्लो संसदको सदस्यसमेत भएका थिए । 

सन् १९४४ मा ज्वारभाटाबाट बलिउड फिल्म उद्योगमा प्रवेश गरेका उनको जन्म १९२२ को डिसेम्बर ११ मा पेसावर (हालको पाकिस्तान)मा जन्म भएको थियो । 

दिलिपको खास नाम मोहम्मद युसुफ खान भए पनि दिलिप कुमार राख्दै आएका थिए । मुस्लिम परिवारमा जन्मिए पनि उनको सम्वन्ध हिन्दु परिवारका साथीसँग निकै सुमधुर रह्यो । उनी बाबुआमाका १२ सन्तानमध्येका एक हुन् । उनका बाबु जमिन्दारका साथै व्यापारी पनि थिए ।  

दिलिपले अन्दाज, आन, दाग, देवदास, आजाद, मुगले आजम, सौदागर, कर्म, शक्ति, क्रान्ति जस्ता तत्कालिन समयका चर्चित फिल्ममा अभिनय गरेका थिए । अभिनय यात्रामा उनको प्रेम सम्वन्ध मधुवाला, कामिनी कौशल, बैजयन्तीलगायतका नायिकासँग रहेको थियो । 

पछि सन् १९६६ मा ४४ बर्षको उमेरमा उनले २२ बर्षीया सैरा बानुसँग विवाह गरे । दिलिपले सन् १९८१ मा आसमा साहिबासँग अर्को विवाह गरे पनि त्यो धेरै टिक्न सकेन् । सैरा बानुले जन्म दिन लागेको बच्च जिवित नरहेपछि उनीहरूले अर्को बच्च जन्माउन प्रयास गरेनन् । दिलिपको कुनै सन्तान छैनन् । 

Advertisement

Advertisement