आन्तरिक वायुसेवालाई मागेजति उडान, सोमबारबाटै पूर्ण क्षमता प्रयोग हुने

Advertisement

काठमाडौं । आन्तरिक वायुसेवालाई सरकारले मागेजति उडान दिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा भिडभाड नबढ्ने गरी आन्तरिक वायुसेवालाई उडान अनुमनि दिन सिफारिश गरिएको छ ।

प्राधिरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आन्तरिक वायुसेवा कम्पनीको माग अनुसार नै उडान क्षमता बढाउँदै जान पाउने गरी उडान अनुमति दिइने भएको छ । पर्यटन मन्त्रालयले आन्तरिक वायुसेवाको उडान क्षमता बढाउन स्वीकृति दिएकोले सोही अनुसार सम्बन्धित वायुसेवाले पेश गरेको तालिका अनुसार उडान अनुमति पाउने पनि उल्लेख छ ।

Advertisement

वायुसेवा संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार अब सार्वजनिक यातायात खुलेको र यात्रुको माग बढेसँगै निषेधाज्ञा अगाडिको नर्मल अवस्थामा उडान अनुमति आएको छ । यस्तो अनुमति अनुसार अब वायुसेवाले यात्रुको माग अनुसार शत प्रतिशत उडान क्षमतामा सेवा दिन पाउने भएपनि वायुसेवालो आवश्यकत अनुसार उडान बढाउन पाउँछन् ।

वायुसेवा कम्पनीले हवाई इन्धनको मूल्य बढेसँगै आइतबारदेखि नै इन्धन शुल्क वापतको हवाई भाडा पुनरावलोकन गर्ने पनि भएका छन् । इन्धन शुल्क वापतको हवाई भाडा बढाउन सहमति आइसकेकोले आइतबारबाटै हालको तुलनामा केही भाडा बढ्ने पनि प्रवक्ता कँडेलले जानकारी दिए ।

वायुसेवा कम्पनीहरूका अनुसार यात्रु क्षमता बढाउने भनेपनि पूर्वका गन्तव्यमा मात्रै पूर्ण क्षमतामामा हवाई उडान भइरहेको छ । स्थल मार्गमा बाढी र पहिरोले अवरोध गरेकोले भैरहवा, भरतपुर, पोखरा, विराटनगरको गन्तव्यमा यात्रुको चाप बढको भएपनि अन्य गन्तव्यका लागि भने धेरे माग आएको छैन् ।

आन्तरिक वायुसेवालाई हाल नियमिन उडानमा ५६ वटा मात्रै उडान अनुमति दिइएको भएपनि तत्कालै २० देखि २५ वटा मात्रै उडान बढ्ने अनुमान गरिएको वायुसेवाको छ । बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीका अनुसार तत्कालै नौ वटा उडान थप्न अनुमति मागिएको छ । हाल बुद्धले ३१ वटा उडान अनुमति पाएकोले नौ वटा थप गरेर ४० वटा उडान पुर्याउन अनुमति माग भएको छ ।

यति एयरलान्सले पनि बढीमा १० वटा मात्रै उडान थप्ने भएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार तत्कालै पाँच वटा थप गर्ने र विस्तारै उडान बढाउँदै १० वटा थप गर्न सकिन्छ । यतीसँग जम्मा पाँच वटा मात्रै जहाज भएकोले पनि यो वायुसेवाले दैनिक २५ वटासम्म मात्रै उडान गर्ने गरी तालिका बनाइरहेको पनि बर्तौलाले बताए । 

वायुसेवाले उडान थप गरेसँगै यात्रुले पनि टिकट नपाउने र चाहेको बेला आफ्नो गन्तव्यमा जान नपाउने समस्या हुँदैन् । अहिले पनि यात्रुको माग अधिकांश गन्तव्यमा बढ्दै गएको छ । काठमाडौंबाट बाहिदा अधिकांश गन्तव्यमा अकुपेन्सी पूर्णजस्तै हुने भएपनि भित्रदा भने कम रहेको सम्बन्धित वायुसेवाको भनाइ छ ।
 

Advertisement

Advertisement