युरो कपः उपाधिका लागि आज इटली र इङ्ल्याण्ड भिडर्दै, कस्को पल्ला भारी ?

Advertisement

काठमाडौं । युरो कप २०२० उपाधिका लागि आइतबार राति फाइनल खेल हुँदैछ । उपाधिका दुई दाबेदारमा इटली र इङ्ल्याण्ड रहेका छन् । फिफा वरियतामा चौंथो नम्बरमा रहेको इङ्ल्याण्ड र सातौं बरियतामा रहेको इटली दुवै सशक्त टिम हुन् । इटली चार पटकको विश्व विजेता हो भने इङ्ल्याण्ड एक पटकको । 

यस पटकको युरो कप यात्रामा अपराजित रहेको इटली र आक्रामक खेल्दै आएको इङ्ल्याण्डबीचको खेलको नजिता कस्तो पक्षमा जाला ? भनिहाल्नसक्ने अवस्था देखिन्न । लामो समयदेखि अन्तर्राष्ट्रिय खेलहरूमा उपाधि हात पार्न नसकेको इङ्ल्याण्ड र फुटबलमा निकै क्रेज राख्ने इटलीबीचको आजको खेल निकै रोचक हुने देखिएको छ । 

Advertisement

सशक्त टिमसहित आक्रामक खेल्ने इङ्ल्याण्डका खेलाडीलाई रोक्ने इटलीको रक्षापंक्तीलाई निकै मुस्किल पर्नसक्छ । यस पटक इटलीले यसअघिका प्रतियोगितामा भन्दा केही बढि आक्रामक खेले पनि बढि सन्तुलित र सुझबुझपूर्ण खेलेकोले इङ्ल्याण्डलाई इटली भारी पर्नसक्ने कतिपयको अडकल देखिन्छ । अन्तर्राष्ट्रिय फुटबलहरूमा हलचल ल्याउँदै आएको दुवै बलिया टिमले आजको फाइनल खेलमा कस्तो रणनीति अपनाउलान ? खेल हेर्नुपर्ने देखिन्छ । 

प्रशिक्षित इटाली बलियोले इटालीलाई यसपटक निकै परिस्कृत टिम वर्कमा खेल्ने बनाएका छन् । यता पहिलो पटक युरोकप फाइनलमा पुगेको इङ्ल्याण्ड सन् २०१८ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको टिम हो । विश्वकै लोकप्रिय र बढि लगानी भएको फुटबल प्रतियोगिता इङ्ग्लिस प्रिमियर लिग खेल्ने खेलाडीहरू नै खेल्ने भएकाले पनि आजको युरोकपको फाइनल खेल सानदार नै हुने र करोडौं मानिसले प्रत्यक्षरुपमा हेर्नेछन् । 

Advertisement

Advertisement