टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई हराउँदै युरोकप २०२० को उपाधि इटलीले जित्यो

Advertisement

काठमाडौं । युरो कप २०२० को उपाधि इटलीले हात पारेको छ । गएराति लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा इङ्ग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको हो । 

अतिरिक्त समयमा खेल १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट विजेता चयन गरियो । इङ्ग्ल्याण्डका गोलरक्षकले दुई वटा बचाउन सफल भए पनि इङ्ग्ल्याण्डका खेलाडीले तीन वटा गोल गर्न चुकेपछि उपाधि हात पार्ने राम्रो अवसर खेल फालेका थिए । इटालीका गोलरक्षक डोनारमाले एक गोल रोकेका थिए । 

Advertisement

निर्धारित समयको खेलको सुरुवातमै ल्युक शको गोलमा इङ्ग्ल्याण्डले अग्रता लिएको थियो । खेलको ६७औं मिनेटमा इटलीका लिओनार्दो बोनुचीले गोल फर्काएर खेललाई बराबरी गरेका थिए । 

यस निर्णयबाट इटालीले सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जितेको छ भने लामो समयदेखि उपाधि हाल पार्न असफल रहँदै आएको इङ्ग्ल्याण्ड राम्रो अवसरबाट बन्चित हुन पुगेको छ । उसले सन् १९६६ मा विश्वकपको उपाधि जितेयता कुनै पनि ठूला उपाधि जित्न सकेको छैन।

Advertisement

Advertisement